


बैतडी -शिवनाथ गाउँपालीकामा नेपाल कम्युनिष्ट पार्टि एमाले निकट ५ वटा जनवर्गीय सँगठनहरुको पालीका अधिवेशन सम्पन्न भएको छ। जस अन्तर्गत युवा संघ,अ ने म संघ, अनेरास्ववियु, दलित मुक्ती समाज,र किसान संघ गरी ५ वटा जनवर्गीय सँगठनहरुको पालीका अधिवेशन सम्पन्न गरिएको एमाले जिल्ला कमिटी अध्यक्ष नरेश बि क ले बताए।
राष्ट्रीय युवा संघ नेपालको अध्यक्षमा पुस्कर सिहं सांउद, उपाध्यक्षमा कल्ल्यान राम पार्की, सचिवमा जयदेव पार्की, सह-सचिवमा धन सिंह सांउद लगायत ९ सदस्यीय पालिका कमिटी सर्वसम्मत चयन गरिएको छ।

यस्तै अखिल नेपाल महिला संघको अध्यक्षमा राजु सांउद, उपाध्यक्षमा बागमती सांउद, सचिवमा अहिल्या ठकुराठी, कोषाध्यक्षमा पार्वती तिरुवा लगायत ९ सदस्यीय पालिका कमिटी चयन गरिएको छ।
यस्तै अनेरास्ववियुको अध्यक्षमा सरिता सांउद, उपाध्यक्षमा कल्पना पार्की, सचिवमा सुभाष पार्की, कोषाध्यक्षमा सुनिता सांउद, उप-सचिवमा केशव सिंह सांउद लगायत १४ सदस्यीय पालिका कमिटी चयन गरिएको छ।
यस्तै दलित मुक्ती समाजको अध्यक्षमा सुरेन्द्र राम तिर्वा, उपाध्यक्षमा शंकर राम सुनी, कोषाध्यक्षमा हिंउकला तिर्वा, सचिवमा बिना पार्की, सह-सचिवमा कल्यान राम तिर्वा, लगायत १३ सदस्यीय पालिका कमिटी चयन गरिएको छ।
यस्तै किसान संघको अध्यक्षमा प्रेम प्रकाश कलौनी, उपाध्यक्षमा कमल राम सार्की, कोषाध्यक्षमा प्रेम सिंह सांउद, सचिवमा करन सिँह सांउद चयन गरिएको छ। शिवनाथ गाउँपालीकामा ५ वटा जनवर्गीय सँगठनहरुको पालीका अधिवेशन शनिबार सम्पन्न भएको हो।




