Vutlaxapu
Laxmibhuwan sun chadi

स्ववियु निर्वाचन:श्रीकोट बहुमुखी क्याम्पसमा अनेरास्ववियु जबरजस्त

अनेरास्ववियुका नेता भन्नुहुन्छ घोषणा मात्रै बांकी हो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी – बैतडीको श्रीकोट बहुमुखी क्याम्पसमा चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि तिन वटा वटा विद्यार्थी संगठन चुनावी मैदानमा छन्।अनेरास्ववियु,नेपाल विद्यार्थी संघ (नेविसंघ), र अखिल (क्रान्तिकारी) चुनावी मैदानमा छन् । अनेरास्ववियु र नेबिसंघ बिच चुनावी तालमेल छ भने क्रान्तिकारी एक्लिएको छ। अखिल क्रान्तिकारीले सभापतिमा सुरेन्द्र कार्कीलाइ अघि सारेको छ।

 

सचिवमा अनेरास्ववियुका नारायणप्रसाद अवस्थी र अनेरस्ववियु क्रान्तिकारीका तुलसी जोशीबिच भिडन्त हुनेछ।

यस्तै कोषाध्यक्ष पदका लागि नेविसंघकी लक्ष्मी भट्ट र अनेरास्ववियु क्रान्तिकारीकी हेमन्ती जोशीविच प्रतिस्पर्धा हुनेछ।

यस्तै सदस्य पदका लागि अनेरास्ववियुले रेखा कार्की,जयन्ती बिष्ट र यज्ञराज अवस्थीलाइ मैदानमा उतारेको छ। दर्ता भएको छ भने नेविसंघकातर्फबाट भागरथी जोशी र मनिषा बिष्टको उम्मेदवारी परेको छ । यस्तै अनेरास्ववियु क्रान्तिकारीका तर्फबाट रेखा कार्की,जगदीश कुँवर र मीना कार्कीको उम्मेदवारी परेको छ ।

जय भगवति मेलौली सुनचाँदी

यस्तै अनेरास्ववियुले समानुपातिक सदस्यतर्फ अनेरास्ववियुका करन बहादुर साउँद,उमेश भट्ट,दिपक लुहार,माइकल भण्डारी,सन्तोष कपाडी,वसन्ती कार्की र जानकी भट्ट यस्तै नेविसंघकी भावना भट्ट,कुमारी गीता जोशी,उमेशबहादुर साउँद,मानमती साउँद, सरीता बिष्ट, सुशीला भण्डारी र कविता कार्की सहित जबरजस्त उम्मेदवार चुनावी मैदानमा उतारेको छ।

अनेरास्ववियुबाट सभापतिका उम्मेदवार नबिन कपाडीले बिधार्थीको हक अधिकारका विषयमा विभिन्न एजेन्डा अगाडी सारेका छन।

मत सर्वेक्षणमा नबिन कपाडीको पल्ला जबरजस्त भारी रहेको एमाले जिल्ला कमिटी सदस्य राज बहादुर कार्कीले बताए। क्याम्पसमा लोकप्रिय नबिन क्याम्पसका हरेक समस्याका विषयमा जानकार रहेका र क्याम्पसमा विद्यार्थीहरुका समस्या समाधान र क्याम्पसको चौतर्फी बिकासमा सहयोग गर्ने प्रतिबद्धता पनि उनले गरेका छन। शिक्षाको गुणस्तर सुधारका लागी पहल कदमि गर्ने, विधार्थीका हरेक मागहरु पुरा गर्ने प्रतिबद्धता पनि उनले गरेका छन।

नबिन कपाडी विधार्थीको सबल नेतृत्व गर्न सक्ने क्षमता भएको उम्मेदवारका रुपमा रहेको र नबिनलाइ बिजय घोषणा गर्न बाकि रहेको  बिद्यार्थीहरुको भनाइ छ। नबिनको नेतृत्वले विधार्थीहरुमा उत्साह थपिएको विधार्थीहरुले  बताए।

 

 

 

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page