


बैतडी -राजावादीहरुको अराजकता बढेपछि नेकपा एमाले बैतडीले चैत्र १८ गते बैतडीमा संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जागरणसभा गर्ने भएको छ ।

एमाले बैतडीको पदाधिकारी बैठकले मूलुकमा अस्थिरता र अराजकता मच्चाउने राजावादीहरुको गतिविधीलाई परास्त गर्ने उदेश्यले सो जागरणसभाको आयोजना गरिएको एमाले बैतडी जिल्ला कमिटी अध्यक्ष नरेश बिकले बताए।
अध्यक्ष बि.क.का अनुसार चैत्र १८ गते बिहान ११ बजे गोठालापानीबाट र्याली निकालिने र गढी स्थीत सहिद दशरथचन्दको सालिक अगाडी कोणसभामा गरिने बताए। कार्यक्रममा एमाले नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको समेत बताए।
अध्यक्ष नरेशले कार्यक्रमलाई व्यबिस्थत ढंगले सञ्चालन गर्न स्वयमंसेवक पनि परिचालन गरिएको जानकारी दिए ।




