Vutlaxapu
Laxmibhuwan sun chadi

नेपाल कम्युनिस्ट पार्टीको ७६औँ स्थापना दिवस बैतडीमा पनि सम्पन्न

जिल्ला सल्लाहकार परिषदको दोस्रो बैठक पनि सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी- नेपाल कम्युनिष्ट पार्टीको ७६अैाँ स्थापना दिवस मंगलबार बैतडीमा पनि सम्पन्न भएको छ। साथै जिल्ला सल्लाहकार परिषदको दोस्रो बैठक पनि सम्पन्न भएको छ।नेकपा एमालेकाे आयोजनामा देशभर विविध कार्यक्रमहरू गरी नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाएरहदा नेकपा एमाले बैतडीले पनि स्थापना दिवस मनाएको छ। “दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकता परास्त गरौं ‘जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको निर्माण गरौं ” भन्ने मूल नाराका साथ पार्टी स्थापनाको ७६ औँ स्थानमा दिवस मनाएको हो।

कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा बैतडी जिल्ला इन्चार्ज लिलाधर भट्टले पार्टी स्थापना दिवसको अवसरमा सबैमा शुभकामना शन्देश दिनु भएको थियो। सो कार्यक्रममा बोल्दै इन्चार्ज भट्टले भने लोकतान्त्रिक गणतन्त्रका विरुद्ध पछिल्लो समय भइरहेका गतिविधिविरुद्ध लाग्न र प्रतिकार गर्ने हैसियत नेकपा एमाले राख्दै आइरहेको छ ।

 

पछिल्लो समय राजावादीहरूले आन्दोलन गर्नुको कुनै पनि औचित्य नरहेको भन्दै इन्चार्ज भट्टले भने प्रतिगामी शक्तिहरुले जति सल्बलाट गरेपनि इतिहास नदोहोरिने कुरामा हामी विश्वस्त छौ ।

जय भगवति मेलौली सुनचाँदी

यस्तै कार्यक्रममा बोल्दै एमाले केन्द्रीय कमिटी सल्लाहकार परिसद सदस्य मोहन थापाले भने राजा ज्ञानेन्द्रको निरङ्कुश शाहीकालमा २०६२/६३ को जनआन्दोलन सम्म कहिले तुलसी गिरी , कहिले लोकेन्द्र बहादुर चन्द , कृतिनिधि बिष्ट, सूर्यबहादुर थापा गरी चार वर्षमा पाँचवटा प्रधानमन्त्री बनाउनु भयो। पञ्चायतकालमा अथवा राजाको समयमा सडक क्षेत्रमा ७ हजार किलोमिटर मात्रै थियो भने आज करिब १ लाख किलोमिटरको हाराहारीमा सडक सञ्जाल विस्तार भएको छ।

 

नेपाली जनताहरूको मृत्युदर त्यतिखेर ५१ वर्ष थियो भने अहिले नेपालीहरूको सरदर आयु झण्डै ७१ वर्ष पुगेको छ। कुल ग्राहस्त उत्पादन ३ खर्ब राजाको समयमा थियो भने अहिले कुल ग्रास्त उत्पादन ५३ खर्ब पुगेको छ। त्यसैले नेपालको शिक्षा स्वास्थ्य भौतिक पूर्वाधार विकास निर्माणमा छोटो समयमा उल्लेख्य प्रगति भएको कुरालाई समेत औल्याउनु भएको थियो ।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य नरेन्द्र बिष्ट, प्रदेश कमिटी सदस्य महादेव भट्ट,बिस्ना चन्द,जङगदेव भट्ट लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। यस्तै बैतडी जिल्ला कमिटी , पालिका कमिटी लगायत विभिन्न जनवर्गीय संगठनका प्रमुखहरूको उपस्थिति रहेको थियो।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page