


बैतडी:बैतडीको पञ्चेश्वर गाउँपालिकामा जेठ ८ गतेदेखि निशुल्क आँखा शिबिर सञ्चालन हुने भएको छ। पञ्चेश्वर गाउँपालिकाको आयोजना र च्यारिटी हेल्थ फाउन्डेसन नेपालको आर्थिक सहयोगमा र धनगढी नेत्रालय तथा श्रीकृष्ण आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा सल्यक्रिया शिविर सन्चालन हुने पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले बताए।

शिविरमा मोतीबिन्दु लगायत आखाँका रोगीहरुको लागी निशुल्क अप्रेशन गरिनुको साथै निशुल्क औषधि समेत बितरण गरिने भएको छ। शिविरमा आँखाका बिरामीहरूको निःशुल्क चेकजाँच तथा परामर्श,आँखाको मोतिविन्दुको समस्या भएका बिरामीहरूको शल्यक्रिया,निःशुल्क उपचार तथा सुफथ मुल्यमा चस्मा समेत उपलब्ध गराइने पञ्चेश्वर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राम सागर साहले बताए।
पञ्चेश्वर गाउँपालिका वडा नं -३मा रहेको कुलाँउ स्वास्थ्यचौकीमा २ दिन सम्म चल्ने शिविरमा सेवा लिन गाँउपालिकाले अनुरोध गरेको छ।





