


बैतडी : नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता द्वय जीवराज आश्रित र मदनकुमार भण्डारीको ३२ औँ स्मृतिको अवशरमा नेकपा (एमाले) दशरथचन्द नगर कमिटी र नेपाल खेलकुद महासङ्घ जिल्ला कमिटी बैतडीको संयुक्त आयोजनामा जिल्ला अस्पताल बैतडीमा उपचाररत बिरामीहरूलाई फलफुल वितरण गरिएको छ।

कार्यक्रममार्फत बिरामीहरूलाई फलफुल वितरण गर्दै उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको एमाले दसरथचन्द नगरपालिका कमिटी अध्यक्ष मनोज बोहराले बताए। जननेता भण्डारी र आश्रितको २०५० साल जेठ ३ गते दासढुंगामा गाडी दुर्घटनामा रहस्यमय मृत्यु भएको थियो । नेकपा (एमाले)ले जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइरहेको छ।
सो अवसरमा दसरथचन्द नगरपालिका कमिटी कमिटी उपाध्यक्ष भूपेन्द्र चन्द नेपाल खेलकुद महासङ्घका जिल्ला कोषाध्यक्ष हेमा भट्टको उपस्थितिमा फलफुल वितरण कार्यक्रम सम्पन्न गरिएको नेकपा एमालेका नगर कमिटी अध्यक्ष मनोज बोहराले जानकारी दिए।




