Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदार-५ गोबडामा गाँउपालिका अध्यक्षद्वारा खानेपानी आयोजनाको उद्घाटन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:बैतडीको दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीले दोगडाकेदार गाउँपालिका वडा नं -५ गोबडा टोलमा  खानेपानी योजनाको निर्माण कार्य सकिएपछि आइतबार एक भव्य कार्यक्रममा बिच गोबडीगाड गल्छि लिफ्ट खानेपानि आयोजनाको उद्घाटन गरेका छन।

१ करोड ७३ लाख९४ हजार लागतमा सम्पन्न आयोजनाको अध्यक्ष कार्किले एक समारोहका विच उद्घाटन गर्दै गोबडाटोलका जनताहरुका लागि एक खुसिको दिन भएको बताए। घण्टौं हिडेर खानेपानी ल्याउनुपर्ने बाध्यता अन्त्य भएकाे भन्दै खुसी व्यक्त गरेका थिए।

 

याेजनाकाे उद्घाटन गर्दै अध्यक्ष चक्रबहादुर कार्किले भने, हेर्दा सानाे देखिए पनि याे निकै महत्व बाेकेकाे आयाेजना हाे। याे आयाेजना बन्नुपूर्व यहाँका महिलाकाे प्रत्येक बिहान पानी बाेक्नमै बित्थ्याे। अब त्याे परिस्थितिकाे अन्त्य भएकाे छ। हामीले शुद्द पानी मात्र पाएका छैनौं, पानी बाेक्नकै लागि बिहानभरिकाे समय खर्च गर्नुपर्ने बाध्यताकाे पनि अन्त्य गरेका छाैं।’

जय भगवति मेलौली सुनचाँदी

महिलाहरु घरायसी काममा मात्र अल्झिदा अन्य उत्पादनमूलक काममा समय दिन नभ्याएका उनले बताएका थिए। ‘संविधानले खानेपानीलाई माैलिक हककाे रुपमा व्यवस्था गरेकाे छ। त्यसकाे कार्यान्वयनका लागि हामि गम्भीर रुपमा लागिरहेका छौ र दोगडाकेदार गाँउपालिकामा एक घर एक धाराको योजना अघि सारेका थियौ र त्यो पुरा गर्ने अभियानमा छौ। अध्यक्ष कार्किले गाँउपालिकामा थुप्रै लिफ्ट खानेपानि योजनाहरु रहेका र ठुलठुला योजनाहरुमा हेरचाह गर्न आवस्यकता हेरेर एक एक जना कर्मचारी राख्न पहल गर्ने समेत बताए।

कार्यक्रममा बोल्दै गोबडीगाड गल्छि लिफ्ट खानेपानि आयोजनाका अध्यक्ष प्रेम बहादुर चन्दले खानेपानी निर्माण योजनाका लागी पहल गरेको भन्दै सुदुरपश्चिम प्रदेश निबर्तमान सांसद लिलाधर भट्ट र गाँउपालिका अध्यक्ष चक्रबहादुर कार्कीलाइ बिशेष धन्यवाद ज्ञापन गर्दै गोबडाबासि जनताहरुको वर्षौदेखिको समस्या अन्त्य भएको बताए।

गोबडीगाड गल्छि लिफ्ट खानेपानि आयोजनाबाट १ सय ८ घरधुरी लाभान्वित भएका छन। कार्यक्रममा दोगडाकेदार गाउँपालिका वडा नं -५ अध्यक्ष तर्कराज भट्ट,वडा नं -६ अध्यक्ष गोपाल सिंह कार्की लगायत स्थानियहरुको सहभागिता रहेको थियो।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page