Vutlaxapu
Laxmibhuwan sun chadi

पाटन नगरपालिकाको ६६ करोड ९३ लाखको बजेट बहुमतले पारित

उपप्रमुख बोहराको असन्तुष्टि

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:बैतडीको पाटन नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित भएको छ । आर्थिक वर्ष २०८२÷०८३ को ६६ करोड ९३ लाख १७ हजार बराबरको बजेट बहुमतले पारित भएको नगरप्रमुख गौरीसिंह रावलले जानकारी दिए ।

जय भगवति मेलौली सुनचाँदी

नगरउपप्रमुख कमलसिंह बोहराले आफ्नो सहमति बिना बजेट ल्याएको भन्दै नगरसभा बहिस्कार गरेका थिए । त्यसपछि नगरप्रमुख रावल आफैँले बजेट प्रस्तुत गरेका हुन् । नगरउपप्रमुख बोहरा बाहेक सबै कार्यपालिका सदस्यहरुको सहमतिमा बहुमतले आगामी आर्थिक वर्षको बजेट पारित भएको नगरप्रमुख रावलले बताए ।

 

नीति, विधि र प्रणालीमा टेकेर बजेट नआएकाले आफू बाहिरएको नगर उपप्रमुख बोहराले टिप्पणी गरे । उनले पत्रकार सम्मेलनमार्फत आफ्नो सहभागिता बिना बजेट ल्याएको बताएका छन् । यसअघि सोमबार नै बजेट पारित गर्ने तयारी गरिएको भएपनि उपप्रमुख बोहरा अनुपस्थित भएपछि नगरसभा स्थगित गरिएको थियो । नगर उपप्रमुख बोहराले आफूखुसी बजेट निर्माण गरिएको आरोप लगाएका छन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page