



बैतडी:बैतडीमा बाख्रा चराउने क्रममा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ।जिल्लाको पुर्चौडी नगरपालिका वडा नं ५ निवासी मानबहादुर बोहराकी १७ बर्षिया छोरी रश्मी बोहराको वडा नं -५ मा पर्ने गलेखी भिरबाट लडेर साउन ७ गते बुधबार मृत्यु भएको भुमिराज माध्यमिक विधालयका निमित्त प्रधानाध्यापक अशोक ब . कुँवरलाई उदृत गर्दै पुर्चौडीबाट बैतडीबुलेटिन सम्बाददाता हरि साँउदले बताए।
भूमिराज माध्यमिक विधालय काटै गहताड कुवाकाेटमा कक्षा १० मा अध्यानरत छात्रा रश्मि बाेहराकाे बाख्रा चराउने क्रममा भिरबाट लडेर मृत्यु भएपछि विधालय परिवार, गाँउनै सोकमा डुबेको छ।




