Vutlaxapu
Laxmibhuwan sun chadi

विपिनको शव भोलि नेपाल आइपुग्ने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौँ । हमासद्वारा इजरायलमा मारिएका विपिन जोशीको शव भोलि नेपाली ल्याउने तयारी भइरहेको छ ।परराष्ट्र मन्त्रालय त्यसको तयारीमा जुटेको छ ।

 

जय भगवति मेलौली सुनचाँदी

परराष्ट्र मन्त्रालयका अनुसार विपिनको शव सोमबार साढे २ बजे नेपाल आइपुग्नेछ । उनको शव नेपाल आएपछि सरकारको तर्फबाट श्रद्धाञ्जलि कार्यक्रम गरिने छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले विपिन शव ल्याउन नेपालबाट प्रतिनिधि जाने भनिए पनि तयारी भने भइनसकेको बताए । ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत विपिन जोशी इजरायल गएका थिए । सन् २०२३ अक्टोबर ७ मा हमासले इजराइलमाथि आक्रमण गर्दा विपिन हमासको कब्जामा परेका थिए, जहाँ १० नेपालीको ज्यान गएको थियो । ती १० नेपालीको शव त्यतिबेलै नेपाल ल्याइएको थियो । विपिन हमासको कब्जामा रहेको थाहा पाएपछि रिहाइका लागि नेपालले निकै प्रयास गरेको थियो ।

हमास समूहले इजरायललाई विपिनको शव हस्तान्तरण गरेपछि त्यसको डीएनएलगायत अन्य परीक्षणमार्फत उनी नै रहेको पुष्टि भएपछि इजरायलबाट शव ल्याउने प्रक्रिया सुरु गरेको हो । भोली जोशीको शव नेपाल आइ पुग्नेछ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page