Vutlaxapu
Laxmibhuwan sun chadi

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति सहित ६ जना विरुद्ध रिट दायर

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

धनगढी -सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा. हेमराज पन्तसहित ६ जनाविरुद्ध रिट दायर गरिएको छ। सोमवार कानुन संकायतर्फ बीएएलएलबी प्रोग्रामको पहिलो ब्याचका ८ जना विद्यार्थीहरुले उनीहरूविरुद्ध रिट दायर गरेका हुन्।

जय भगवति मेलौली सुनचाँदी

उनीहरूले उच्च अदालत दिपायल महेन्द्रनगरको इजलासमा रिट दायर गरेको बताइएको छ। उनीहरूले सुदूरपश्चिम विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठक, परीक्षा नियन्त्रक अनुराधा रोकाया, कानुन संकायका डीन भवानी चन्द ठकुरी, केन्द्रीय क्याम्सपका कोर्डिनेटर भीमबहादुर फडेरा र कैलाली बहुमुखी क्याम्पसका कोर्डिनेटर पदमबहादुर पालविरुद्ध रिट दायर गरेको जनाइएको छ।

बीएएलएलबी कार्यक्रम ५ वर्षमा सकाउनुपर्नेमा ढिलाई भएको र समयमै परिक्षा नहुने भएकाले तालिकानै तलमाथि भएको भन्दै उनीहरूले रिट दायर गरेका हुन्। जसमा उनीहरूले सातौं सेमेस्टरको परीक्षा समयमै गर्नुपर्नेमा ढिलाई भएको र २०८२ चैत्रमा कार्यक्रम सकाउन परमादेश माग गरेका छन्। सोमवार विद्यार्थीहरुले उत्प्रेषणसहित परमादेशको माग गर्दै रिट दायर गरेकोमा आज (मंगलवार) पेसी तोकिएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page