Vutlaxapu
Laxmibhuwan sun chadi

रोजगारीमा सिन्डिकेट हटाउन प्रधानमन्त्री बालेनले राखे मलेसियाका प्रधानमन्त्रीसँग प्रस्ताव

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौ ।प्रधानमन्त्री बालेन शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग मंगलबार टेलिफोन वार्ता गरेका छन्।

वार्ताका क्रममा प्रधानमन्त्री शाहले नेपाल र मलेसिया बीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा जोड दिएका थिए।

जय भगवति मेलौली सुनचाँदी

उनले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने मलेसियाली समकक्षीसँग स्पष्ट पारेको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोट अनुसार उनले अव्यावहारिक तथा अन्यायपूर्ण प्रवृत्तिको स्थायी समाधानका निम्ति संयुक्त पहलको आवश्यकता समेत औंल्याएका थिए।

‘हामीलाई सिन्डिकेट र बिचौलियातन्त्र मन पर्दैन र यो कुनै पनि हालतमा स्वीकार्य छैन। यसले श्रमिकहरूलाई मारमा पारेको छ,’ प्रधानमन्त्री शाहज्यूले मलेसियाली समकक्षीसँग भनेको कुरा उदृत गर्दै सचिवालयले भन्यो, ‘त्यसैले तपाईंका श्रममन्त्रीलाई हाम्रा श्रममन्त्रीसँग प्रत्यक्ष वार्तामा बस्न र यो समस्या सधैंका लागि हटाउन आवश्यक कदम चाल्न आग्रह गर्दछु।’

प्रधानमन्त्री शाहले राखेको धारणालाई मलेसियाली प्रधानमन्त्री इब्राहिमले सकारात्मक रूपमा लिएका छन्।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page