Vutlaxapu
Laxmibhuwan sun chadi

पुर्चाैडीमा स्वास्थ्य कार्यालय बैतडी र ईलाका प्रशासन कार्यालयकाे संयुक्त अनुगमन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:बैतडीको पुर्चाैडीमा रहेकाे बसन्तपुर र गिरिजाबगर बजारमा अनुगमन गरिएको छ।

स्वास्थ्य कार्यालय र ईलाका प्रशासन कार्यालयकाे संयुक्त टाेलीले अनुगमन गरेकाे हाे।

अनुगमनमा ईलाका प्रशासन कार्यालय पुर्चाैडीका प्रमुख शंकरबहादुर बाेहरा,जिल्ला अस्पतालका डाक्टर सिजन खड्का, स्वास्थ्य कार्यालयका अधिकृत तारादत्त भट्ट,ल्याब टेक्निसियन निरीक्षक जयसिंह बडाल,पुर्चाैडी नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुरेन्द्र प्रसाद अवस्थीलगायतको उपस्थिति रहेको थियोे ।

सुर्तीजन्य पदार्थ ,मेडिकल, खाद्य र पेयपदार्थसम्बन्धी अनुगमन गरिएको स्वास्थ्य कार्यालय बैतडीका ल्याब टेक्निसियन निरीक्षक जयसिंह बडालले बताए।

जय भगवति मेलौली सुनचाँदी

अनुगमनका क्रममा अखाद्य बस्तु,म्याद नाघेका पेय पदार्थ भेटट्टिएका छन्।

यस्तै मेडिकलहरूमा पनि म्याद नाघेकाे औषधि, डाक्टरकाे सल्लाहबिना विक्री गर्न नमिल्ने औषधि फेला परेका जिल्ला अस्पतालका डाक्टर सिजन खड्काले बताए।

दर्ता नभएका पसल दर्ता गर्न, म्याद नाघेकाे बस्तु विक्रीवितरण नगर्न पहिलाेपटकलाई सम्झाइ बुझाइ गरिएको ईलाका प्रशासन कार्यालय पुर्चाैडीका प्रमुख शंकरबहादुर बाेहराले बताउनुभयो ।उहाँले भन्नुभयाे,”पहिलोपटकलाई सम्झाइ बुझाइ गरेका छाैं। अर्काेपटक पनि म्याद नाघेकाे,अखाद्य बस्तु र पसल दर्ता नगरेकाे फेला परे कानुनी कारवाही गर्छाै। ”

अखाद्य तथा म्याद नाघेका बस्तु जफत गरि नष्ट समेत गरिएको छ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page