Vutlaxapu
Laxmibhuwan sun chadi

डडेल्धुरा मेडिकल कलेजले माग्यो ९ जनशक्ति , भदौ १२ सम्म आवेदन दिन सकिने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

डडेल्धुरा: सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान सङ्कायअन्तर्गत डडेल्धुरा मेडिकल कलेजले विभिन्न शैक्षिक पदमा नौ जना जनशक्ति माग गरेको छ।कलेजले करार सेवामा पदपूर्ति गर्ने गरी सह–प्राध्यापक, उपप्राध्यापक र प्रशिक्षक पदका लागि आवेदन आह्वान गरेको हो। माग गरिएका विषयमा फार्माकोलोजी, माइक्रोबायोलोजी, फिजियोलोजी, बायोकेमिस्ट्री, एनाटोमी, पब्लिक हेल्थ, नर्सिङ साइन्स र ल्याबोरेटरी रहेका छन्।

सूचनाअनुसार फार्माकोलोजी, माइक्रोबायोलोजी र फिजियोलोजी विषयमा एक–एक जना सह–प्राध्यापक तथा माइक्रोबायोलोजी, बायोकेमिस्ट्री, एनाटोमी र पब्लिक हेल्थ विषयमा एक–एक जना उपप्राध्यापक माग गरिएको छ। यस्तै, नर्सिङ साइन्स र ल्याबोरेटरी विषयमा एक–एक जना प्रशिक्षक आवश्यक रहेको विश्वविद्यालयले जनाएको छ।

जय भगवति मेलौली सुनचाँदी

योग्यता पुगेका नेपाली नागरिकले २०८३ साल भदौ १२ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन स्वास्थ्य विज्ञान सङ्कायमा स्वयं उपस्थित भएर वा अनलाइन माध्यमबाट दिन सकिनेछ। आवेदन फाराम सङ्कायको वेबसाइटबाट डाउनलोड गर्न सकिने सूचनामा उल्लेख छ।

जनशक्ति छनोट लिखित परीक्षा र अन्तर्वार्तामार्फत गरिनेछ। आवेदनका लागि परीक्षा दस्तुर रु. १ हजार ५०० तोकिएको छ। लिखित परीक्षाको मिति भने पछि प्रकाशित गरिने विश्वविद्यालयले जनाएको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page