Vutlaxapu
Laxmibhuwan sun chadi

मध्यरातदेखि नै चल्न थाल्यो सामाजिक सञ्जाल

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:दर्ता गर्न नआएको भन्दै सरकारले बन्द गरेको सामाजिक सञ्जाल प्लेटफर्महरू गए रातिदेखि नै खुल्न थालेको छ।

सोमबार काठमाडौं लगायत देशका विभिन्न सहरहरूमा जेनजीले गरेको प्रदर्शनपछि बसेको मन्त्रिपरिषद् बैठकले यसअघि बन्द गर्ने निर्णय भएका सामाजिक सञ्जालहरू गएरातिदेखि नै खुलाउने निर्णय भएको हो।

सरकारको निर्णयसँगै बन्द गरिएको फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, मेसेन्जर, युट्युब, ट्विटर, लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कर्ड, पिनइन्ट्रेस्ट, सिग्नल, थ्रेड्स, विच्याट, कोरा, टम्ब्लर, क्लबहाउस लगायतका सामाजिक सञ्जालहरू चल्न थालेका हुन्।

जय भगवति मेलौली सुनचाँदी

सरकारले भाइबर, वि-टक, टिकटक, निम्बज र पोपोलाइभ, टेलिग्राम र ग्लोबल डायरी बाहेका सामाजिक सञ्जाल बन्द गरेको थियो।

सामाजिक सञ्जाल बन्द गरेको विरोधमा सोमबार काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर १९ जनाको मृत्यु भएको थियो।

काठमाडौंमा ४२१ जना घाइते भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

घाइतेहरूको सिभिल अस्पताल, ट्रमा सेन्टर, एभरेष्ट अस्पताल, त्रिवि शिक्षण अस्पताल लगायत विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page