Vutlaxapu
Laxmibhuwan sun chadi

पुर्चाैडी नगरपालिका पुर्ण खोप सुनिश्चित घोषणा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडीको पुर्चाैडी नगरपालिका पुर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । १५ देखि २३ महिना उमेर समुहका सबै बालबालिकाहरुलाई पाउनुपर्ने सबै प्रकारका खोपहरु लगाइएको हुनाले पुर्ण खोप सुनिश्चता घोषणा गरिएको हो । आज एक औपचारीक कार्यक्रमकाबीच पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।

जय भगवति मेलौली सुनचाँदी

१५ देखि २३ महिना उमेर समुहका सबै बालबालिकाहरुले एक वर्षको अवधिमा खोप पाएको प्रमाणीकरण भएपछि पुर्ण खोप सुनिश्चतता घोषणा गर्ने गरिन्छ । सोहि अनुसार पुर्ण खोप सुनिश्चतता घोषणा गरिएको पुर्चाैडी नगरपालिकाका स्वास्थ्य साखा प्रमुख बिनोद कुमार कुवँरले जानकारी दिए । स्वास्थ्य चौकीहरुबाट खोप लाएको प्रमाणीकरण वडास्तरीय खोप समुन्वय समितिले प्रमाणीकरणसहित पालिकालाई सिफारीस गर्ने गर्दछ । नगर प्रमुखको नेत्तृत्वमा रहेको पालिकास्तरीय खोप समुन्वय समितिले पनि प्रमाणिकरण गरेपछि पुर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिने प्रावधान रहेको छ । अब पालिकाले पनि जिल्ला खोप समुन्वय समितिलाई प्रमाणिकरणसहितको सिफारिस गर्ने छ । २०७० मा पुर्ण खोपयुक्त जिल्ला  घोषणा गरिएको थियो ।  १५ देखि २३ महिना उमेर समुहलाई १२ रोगका बिरुद्ध खोप दिइएने गरिन्छ ।
पुर्र्चाैडी नगरपालिकामा १० वटा स्वास्थ्य चौकी रहेका छन् भने ७ वटा नगर स्वास्थ्य केन्द्र, २ वटा सामुदायिक स्वास्थ्य ईकाइ,४२ वटा गाउँघर क्लिनिक, ५१ वटा खोप क्लिनिक रहेका छन् ।

उक्त कार्यक्रमबाट  स्वास्थ्य चौकी इन्चार्जहरुलाई प्रमाणपत्रसहित दोशल्ला ओडाएर सम्मान गरिएको थियो । #s

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page