Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीका बस चालक जोशी सम्मानित

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:बैतडीका बस चालक प्रेमराज जोशी सम्मानित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले चालक जोशीलाई सम्मान गरेको हो।

जय भगवति मेलौली सुनचाँदी

सोमवार धनगढीमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी ओमबहादुर रानाले जोशीलाई सम्मान गरेका हुन्।२०५६ सालदेखि यातायात क्षेत्रमा आवद्ध जोशीले जिम्मेवारीपूर्वक अनुशासित ढङ्गले ट्राफिक नियमको पूर्ण पालना गर्दै सुरक्षीत रुपमा चालकको भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले अत्तरियाले जनाएको छ।

जोशी लामो समयसम्म यातायात क्षेत्रमा चालकको रुपमा कार्यरत रहेको तथा उनमा उच्च धैर्यता, विनम्र व्यवहार, दुर्घटनारहित सेवा र पेशाप्रतिको निष्ठा प्रशंसनीय रहेको भन्दै ट्राफिक प्रहरीले “उत्कृष्ट सवारी चालक सम्मान” प्रदान गरेको जनाएको छ।

जोशी धनगढी- बैतडी रुटमा बस चलाउँदै आएका छन्।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page