


बैतडी:बैतडीको दोगडाकेदार गाउँपालिकामा इन्टरनेट सेवा प्रदायक कम्पनीबाट ठगीएको ग्राहकहरुले गुनासो गरिएको भेटीएका छन् ।
जिल्लाको दोगडाकेदार गाउँपालिका–३ सिल्लेगडा र वडा ७ को खोचलेक बजारका ग्राहकले आफुहरु इन्टरनेट सेवा प्रदायक कम्पनी सारथी क्म्यूनीकेशन नेटवर्कबाट ठगिएको बताएका छन् । यहाँका २२ जनाले हस्ताक्षर जिल्ला प्रशासन कार्यालय बैतडीमा हुलाकबाट आवश्यक छानविन तथा कारबाहीका लागि निवेदन दिएको स्थानीय सेवा ग्राही हरिष कार्कीले बताए ।
सारथी क्म्यूनीकेशन प्रालिका सञ्चालक राजेन्द्र धामीले इन्टरनेटका नाममा आफुहरुलाई ठगेको भन्दै खोचलेक प्रहरी चौकीसहितका २२ सेवाग्राहीले निवेदन दिएका हुन् ।

स्थानीय दिप कार्कीका अनुसार दुई महिनाबाट सेवा प्रवाह ठप्प हुँदा सेवा प्रदायक कम्पनीले कुनै प्रतिक्रिया नजनाएपछि प्रशासनमा निवेदन दिएको बताए । उनले भने, केही महिना इन्टरनेट सञ्चालन भयो, हामीले ९ हजार जडान खर्च र एक महिना सञ्चालन खर्च तिरेका छौ, तर दुई महिनाबाट नेट नचल्दाँ बैक तथा अन्य काममा बाधा पुगेछ ।
यता सेवा प्रदायक कम्पनीका सञ्चालक धामीले तारमा समस्या भएकाले मर्मत भइरहेको बताए । मर्मत गर्ने केही समय लाग्ने बताए । आफुले ठगी नगरेको बताउदै धामीले काम गर्ने क्रममा बाधा अबरोध आएको बताए । अब १२ दिन भित्र सञ्चालन गर्ने उनको भनाई छ । सेवाग्राहीहरुले आफुहरु उक्त इन्टरनेट सेवाबाट असन्तुष्ट रहेको बताउदै आफ्नो लगानी फिर्ता गर्नुपर्ने माग राखेपछि सञ्चालक धामीले इन्टरनेट जडान हुदा भएको सम्झौताअनुसार हुने बताए।
यहाँ स्थानीयको निवेदन भने जिल्ला प्रशासन कार्यालय बैतडी नपुगेको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताए । निवेदन पुगे तत्काल आवश्यक प्रक्रिया थाल्ने बताए ।






