Vutlaxapu
Laxmibhuwan sun chadi

खोटाङमा कार्यरत बझाङकी स्वास्थ्यकर्मी धामी मृत फेला

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी:बझाङ घर भएकी एक स्वास्थ्यकर्मी खोटाङमा आफ्नै डेरामा मृत अवस्थामा फेला परेकी छन्।खोटाङको बराहपोखरी गाउँपालिका–१ स्थित स्वास्थ्य चौकीमा कार्यरत २३ वर्षीया अनिशाकुमारी धामी आइतबार बिहान डेराको कोठाभित्र मृत अवस्थामा फेला परेकी हुन्। उनी स्थानीय मुना तामाङको घरमा डेरा गरेर बस्दै आएकी थिइन्।जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार धामी आइतबार बिहानदेखि कोठाबाट बाहिर ननिस्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले भित्रबाट बन्द रहेको कोठाको ढोका खोलेर हेर्दा उनलाई मृत अवस्थामा फेला पारेको हो।

प्रहरीले घटनाको कारण तत्काल खुल्न नसकेको जनाएको छ। शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page