Vutlaxapu
Laxmibhuwan sun chadi

गोदावरी टेम्पो प्रकरणः वन अधिकृतसहित दुई जनाविरुद्ध मुद्दा दर्ता

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

धनगढीः कैलालीको गोदावरी नगरपालिका–४ गाईमारे क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको घटनामा डिभिजन वन कार्यालय धनगढीका दुई कर्मचारीविरुद्ध किटानी जाहेरी दर्ता भएको छ।वरिष्ठ डिभिजन वन अधिकृत कृष्णबहादुर बोहरा र जमदार चेतराज फूलारामाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

टेम्पो चालक धनु धामीले दिएको किटानी जाहेरीका आधारमा दुवै जनाविरुद्ध अनुसन्धान अघि बढाइएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार अदालतबाट ७ दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ।

जय भगवति मेलौली सुनचाँदी

घटनासँग सम्बन्धित वन रक्षकसहित अन्य १० जना वन कर्मचारीलाई भने आवश्यक पर्दा उपस्थित हुने सर्तमा हाजिरी जमानीमा रिहा गरिएको प्रहरीले जनाएको छ।

वन कर्मचारीहरूले स्थानीय धनादेवी धामीले खुद्रा व्यापारका लागि प्रयोग गर्दै आएको टेम्पोलाई भीरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि व्यापक आलोचना भएको थियो। त्यसपछि घटनामा संलग्न रहेको आशंकामा १२ जना वन कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

उक्त घटनाको छानबिन गर्न सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डा. हेमराज विष्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिले घटनाको वास्तविकता पत्ता लगाएर प्रतिवेदन पेश गर्ने मन्त्रालयले जनाएको छ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page