Vutlaxapu
Laxmibhuwan sun chadi

युद्धमा परेवा : सैनिक गुप्तचरको जिम्मेवारी सम्हाल्न तयार फ्रान्सको ‘ला ७३७’

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

हाउत-द-सेनस्थित मोँ भालेरियाँको किल्लाभित्र रहेको सैन्य परेवा घरमा २०० वटा परेवा छन्। उनीहरूलाई उच्चस्तरीय खेलाडीलाई जस्तै तालिम दिइन्छ र खाना खुवाइन्छ। यो युरोपमै बाँकी रहेको अन्तिम सैन्य परेवा घर हो।

७३७ ले सुरेनका अग्ला भूभागमा सुखद दिन बिताइरहेकी छन्। पेरिसको आकाश यो पोथी सन्देशवाहक परेवाका लागि खुला छ। उनी फ्रान्सेली स्थलसेनाको आठौँ सञ्चार रेजिमेन्टमा खटिएकी छन्, जुन हाउत-द-सेनमा रहेको मोँ भालेरियाँ किल्लाको पर्खालभित्र अवस्थित छ।

यहाँ उनी युद्धको कोलाहलबाट टाढा फ्रेन्च गणतन्त्रको ‘रिजर्भ’मा छिन्। कुनै दिन सैन्य नेतृत्वले फेरि यी पखेटे सन्देशवाहकलाई परिचालन गर्ने निर्णय गरेमा उनी सेवामा फेरि फर्कन तयार छिन्। उनका पुर्खाहरूलाई सन् १९१४-१९१८ को युद्धमा मानिसहरूले एउटा आदर्श वाक्य दिएका थिए, ‘पार गर या मर।’यो परेवा सैन्य परेवा घरमा रहेका २०० वटा परेवामध्ये एक हो। युरोपमै बाँकी रहेको यो अन्तिम सैन्य परेवा घरको हेरचाह सन् २०१९ देखि सिल्भाँले गर्दै आएका छन्। उनी पहिले ड्रोन अपरेटर थिए। आफ्ना एक हजुरबुबाबाट पाएको सन्देशवाहक यात्रु परेवाप्रतिको प्रेमले उनलाई रिमोटबाट चलाइने रोबोटप्रतिको रुचिभन्दा बढी आकर्षित गर्‍यो। हालै सैनिक पोसाक छाडेका ४५ वर्षीय सिल्भाँ अहिले रक्षा मन्त्रालयअन्तर्गत सिभिल कर्मचारीका रूपमा काम गर्छन्।उनका कुनै पनि परेवाको नाम छैन, ७३७ को पनि छैन, यद्यपि त्यो उनको सबैभन्दा मनपर्ने परेवा हो। प्रत्येक परेवाको पहिचान उसको दर्ता नम्बरका अन्तिम तीन अङ्कबाट गरिन्छ। ती अङ्क तीन ग्राम तौलको हरियो औँठीमा लेखिएका हुन्छन्, जुन विवाहको औँठीजस्तै उनीहरूको दाहिने खुट्टामा लगाइन्छ। बायाँ खुट्टामा लगाइएको चम्किलो गुलाबी औँठीमा भने परेवा घाइते वा हराएको अवस्थामा भेटिए सम्पर्क गर्नुपर्ने फोन नम्बर हुन्छ।

यी पखेटे सैनिकहरूले फ्रान्सेली झन्डामुनि सेवा गरे पनि सबैलाई फ्रान्सेली परेवा पालक महासङ्घमा दर्ता गरिएको छ। यस संस्थामा ८ हजार ३०० जना नागरिक सदस्य छन्। तीमध्ये अधिकांश फ्रान्सको उत्तरी क्षेत्रमा बस्छन्, जहाँ कुनै समय खानी क्षेत्रमा यो सस्तो खेलकुदका रूपमा निकै लोकप्रिय थियो। सिल्भाँ पनि पास-द-कालैस्थित लेन्सनजिकैको एउटा गाउँका हुन्।

गर्मीको एक बिहान आफ्नो क्षेत्र देखाउँदै गर्दा सिल्भाँले ‘यो ६१० हो, त्यो ५२९ हो…’ भन्दै नम्बरहरू क्रमशः बताएको सुन्दा वातावरण निकै सैन्य अनुशासित भएको जस्तो लाग्न सक्छ। तर वास्तविकता त्यस्तो छैन। परेवा पालक सिल्भाँ आफ्ना ‘प्यारा चल्लाहरू’प्रति अत्यन्तै मोहित छन्। उनी मायालु ढङ्गले आफ्ना परेवाहरूलाई यही नामले बोलाउँछन्।

सिल्भाँ उनीहरूको विशेष हेरचाह गर्छन्, बिरामी पर्दा उपचार गर्छन्, खाना खुवाउँछन्, तालिम दिन्छन् र उनीहरूका लागि जोडीसमेत मिलाइदिन्छन्। शारीरिक क्षमता र स्वभाव हेरेर अविवाहित परेवाहरूको जोडी बनाउने जिम्मेवारी पनि उनले लिएका छन्। त्यहाँको बच्चा हुर्काउने कक्षमा २० जोडी परेवा आफ्ना अण्डाको हेरचाह गरिरहेका छन्। पोथी दिउँसो ओथारो बस्छे भने भाले राति।

‘यो कामको निकै न्यायोचित बाँडफाँट हो,’ विशेषज्ञ सिल्भाँ भन्छन्, ‘वर्षमा करिब १०० वटा बच्चा जन्मिन्छन्, तर तीमध्ये करिब ७० वटा मात्र बाँच्छन्। यो प्राकृतिक छनोट हो।’

हामीलाई देखाउन उनले रोजेकी ७३७ सन् २०२३ मा यही विशाल गोदाममा जन्मिएकी थिई। सिल्भाँले उनलाई हातमा समाते, तर कसेर होइन। उनी चाहे सजिलै उडेर जान सक्थिन्। तर सिल्भाँको स्पर्श र गन्धसँग अभ्यस्त भएकाले उनी शान्त रहिन्।

परेवा पालक सिल्भाँ आफ्नी मनपर्ने परेवाको वर्णन गर्न शब्दहरू खोज्छन्। ‘उनको तौल केवल ३०० ग्राम छ, तर उनको ढाड निकै मजबुत छ। हेर्नुहोस्, घाममा उनको नीलो, छालाजस्तो देखिने प्वाँख कति चम्किरहेको छ! अनि कालो आँखाको नानीवरिपरि रहेको सुन्तला रङको आइरिसमा तेर्सा धर्साहरू हेर्नुहोस्। तिनले उनलाई निकै टाढासम्म देख्न मद्दत गर्छन्। यो हाम्रो समूहकै सबैभन्दा सुन्दर परेवामध्ये एक हो।’

यसरी एउटा परेवा अर्को परेवासँग हुबहु मिल्दैन। पेरिसका मानिसहरूले राजधानीका सडकमा परेवाको अत्यधिक उपस्थिति र तिनको दिसापिसाबबाट हैरान भएर फैलाएको भनाइ यसको विपरीत छ। मूल प्रजाति ‘रक डभ’ अर्थात् चट्टानी परेवा नै भए पनि यात्रु परेवाको जातलाई तीव्र गति र अद्भुत दिशाबोधका लागि छनोट गरी विकास गरिएको हो। वैज्ञानिकहरूले अहिलेसम्म पनि उनीहरूको दिशाबोधका सबै रहस्य पत्ता लगाउन सकेका छैनन्।

परेवाको गन्ध सुँघ्ने क्षमता अत्यन्तै संवेदनशील हुन्छ। उसले आकाश पनि ‘पढ्छ’ र सूर्यको उचाइका आधारमा आफू कहाँ रहेको पहिचान गर्न सक्छ। तर सबैभन्दा महत्त्वपूर्ण कुरा, उसमा अत्यन्त विकसित प्राकृतिक जीपीएस हुन्छ, पृथ्वीको चुम्बकीय क्षेत्रप्रति संवेदनशील आन्तरिक कम्पासजस्तै। हालैका अध्ययनअनुसार यो क्षमता परेवाको भित्री कानमा नभई कलेजोमा रहेको हुन सक्ने देखिएको छ, जबकि पहिले यो भित्री कानमै रहेको विश्वास गरिन्थ्यो।

यो अद्भुत क्षमताको प्रयोग गर्दै परेवा मौसम जस्तोसुकै भए पनि, बाक्लो कुहिरो लागे पनि, आफ्नो घर फर्किन सक्छ। ‘एउटा परेवा कहिल्यै बिन्दु एबाट बिन्दु बीतर्फ उड्दैन भन्ने पनि बुझ्नुपर्छ। ऊ सधैँ बीबाट एतर्फ उड्छ, अर्थात् जहाँ उसलाई खाना दिइन्छ र बस्नका लागि घर हुन्छ, त्यहीँ फर्किन्छ। ऊ घरप्रेमी जीव हो र आफ्नो घरलाई माया गर्छ,’ सिल्भाँ जोड दिन्छन्।

त्यसैले युद्धभूमिमा सन्देशवाहक परेवालाई पहिले अग्रपङ्क्तिसम्म पुर्‍याइन्छ। त्यसपछि उसको खुट्टामा सन्देश बाँधेर उसलाई छाडिन्छ। परेवा आफ्नो मूल परेवा घरमा फर्किन्छ र त्यहाँ युद्धभूमिबाट ल्याइएको समाचार बुझाउँछ।

‘गलको विजय अभियानका क्रममा जुलियस सिजरले सिनेटलाई आफ्ना विजयको खबर यसैगरी पठाएका थिए,’ परेवा पालक सिल्भाँ बताउँछन्। करिब इस्वी संवत् ७७ मा प्रकाशित विश्वकोश ‘प्राकृतिक इतिहास’मा रोमन लेखक प्लिनी द एल्डरले रोमनहरूले यात्रु परेवाको यस्तो प्रयोग गर्ने गरेको उल्लेख गरेका छन्। उनीहरूभन्दा अघि नै इजिप्टेली र ग्रिकहरूले पनि यात्रु परेवाको प्रयोग गरिसकेका थिए।

  • वैयान्तको किंवदन्ती

फ्रान्समा सन् १८७० को युद्धका बेला परेवाहरूले आफ्नो विशेष क्षमता प्रदर्शन गरे। प्रशियाली सेनाले घेराबन्दीमा पारेको पेरिस र सरकार शरण लिएर बसेको प्रान्तबीच सम्पर्क कायम गर्ने सम्भव एक मात्र माध्यम यिनै चराहरू बने। उनीहरूको यो सफलतापछि पहिलो विश्वयुद्धका क्रममा यात्रु परेवाको व्यापक प्रयोग हुन थाल्यो।

जय भगवति मेलौली सुनचाँदी

फ्रान्सेली पक्षबाट ४० हजारदेखि ६० हजारसम्म यात्रु परेवा भर्ती गरिएका थिए। उनीहरूलाई अत्यन्त पातलो कागजमा हातले लेखिएका सन्देश अर्थात् ‘कोलोम्बोग्राम’ ओसारपसार गर्न प्रयोग गरिन्थ्यो। प्रायः अत्यन्त जोखिमपूर्ण लामो दूरी छोट्याउन अग्रपङ्क्तिको ठीक पछाडि सार्न र बोक्न मिल्ने परेवा घरमा यी चराहरू पालिन्थे। युद्धस्थलबाट छाडिएपछि उनीहरू त्यहीँ फर्किन्थे। तैपनि तोपका छर्रा, मस्टर्ड ग्यास, स्नाइपर तथा सिकारी चराका कारण एकतिहाइभन्दा बढी परेवा मारिन्थे।

सन् १९४० देखि परेवाहरू फेरि युद्धमा फर्किए। बेलायतीहरूले करिब १७ हजार परेवा प्यारासुटमार्फत फ्रान्समा पठाए। तीमध्ये बलिया र इङ्ग्लिस च्यानल पार गर्न सक्ने परेवाहरूलाई प्रतिरोधीहरूले शत्रुका गतिविधिसम्बन्धी सूचना बोकेर बेलायततर्फ फर्काउँथे।

सिल्भाँ यी पखेटे युद्धवीरहरूको गौरवशाली इतिहाससँग परिचित छन्। आफ्नो परेवा घरनजिकै रहेको सैन्य परेवा पालन सङ्ग्रहालय हेर्न आउने आगन्तुकहरूलाई उनी यो इतिहास सुनाउँछन्। धेरैजसो मानिस ७८७-१५ नम्बरको परेवाको विवरणअगाडि रोकिन्छन्, जसलाई ‘वैयान्त’ भनेर चिनिन्छ।

वैयान्तको सम्मानमा राखिएको उक्त विवरणले सन् १९१६ को जुन ४ मा अन्तिमपटक उडाइएको एउटा परेवाको कथा सम्झाउँछ। जर्मन सेनाले भेर्दाननजिकैको भो किल्लालाई घेराबन्दी गरेका बेला त्यसको साहसी रक्षक कमान्डर रेनालले वैयान्तलाई अन्तिम सन्देशवाहकका रूपमा पठाएका थिए।

ग्यास र धुवाँबाट प्रभावित भएर आफ्नो शक्ति लगभग समाप्त भइसके पनि उक्त चराले अन्ततः अधिकारीको आपत्कालीन सन्देश पुर्‍यायो। तर त्यतिबेलासम्म निकै ढिला भइसकेको थियो। सन् १९१६ जुन ७ मा किल्लामा बाँचेका फ्रान्सेली सैनिकहरूले शत्रुसमक्ष आत्मसमर्पण गरे।

इतिहासकारहरूले यो कथालाई केही बढाइचढाइ गरिएको हुन सक्ने आशङ्का गरे पनि भो किल्लाबाट स्वतन्त्र रूपमा बाहिर निस्किएको अन्तिम योद्धाका रूपमा वैयान्तको किंवदन्तीले फ्रान्सेली वीरताको प्रतीकको रूप लिएको छ।

मोँ भालेरियाँको सैन्य परेवा घरमा भने यी चराहरूले आफ्ना पूर्वजहरूले जस्तो युद्धको अग्निपरीक्षा भोग्नुपर्दैन। उनीहरूको सम्पूर्ण ऊर्जा प्रशिक्षकले छनोट गरेका च्याम्पियनसिप र प्रतियोगिताका लागि सुरक्षित राखिन्छ। उनीहरूको वर्गअनुसार तालिम फरक हुन्छ। जस्तै: स्प्रिन्टर, मध्यम दूरीका धावक वा म्याराथन धावक।

फेब्रुअरीमा सौन्दर्य प्रतियोगिताको पुरस्कार जितिसकेकी ७३७ ले मध्यम दूरीको प्रतियोगितामा पनि आफ्नो क्षमता प्रमाणित गरिरहेकी छ। ३५० देखि ५०० किलोमिटरको दूरी उनको विशेषता हो। उनी दैनिक एक घण्टा उडानको अभ्यास गर्छिन्।

उच्चस्तरीय खेलाडीहरूजस्तै उनको खानपान पनि निकै कडा छ। उनलाई प्रोटिनयुक्त बीउ, भिटामिनयुक्त बियर यीस्ट, रोगप्रतिरोधी क्षमता बढाउने एल्डरबेरीको रस, पाचनमा सहयोग गर्ने प्रोबायोटिक्स तथा श्वासप्रश्वासको बाटो खुला राख्न युकलिप्टस र पुदिनाको मिश्रण दिइन्छ।

आफ्ना परेवाका विद्यार्थीहरूलाई फेरि सक्रिय सैनिक-सन्देशवाहकका रूपमा परिचालन गर्नुपर्ने सम्भावनाबारे सोध्दा सिल्भाँ केही क्षण रोकिए र भने, ‘यस विषयमा मलाई सैन्य नेतृत्वबाट कुनै आदेश आएको छैन। तर त्यस्तो अवस्था आयो भने कुनै समस्या छैन। मेरा परेवाहरू स्वस्थ र तन्दुरुस्त छन् र आवश्यक तालिमका म्यानुअल पुस्तिकाहरू पनि मसँग अझै छन्।’

के यो केवल एउटा रमाइलो कल्पना मात्र हो? त्यस्तो पनि होइन। हाइब्रिड युद्धको वर्तमान समयमा यो सम्भावनालाई पूर्णतः नकार्न सकिँदैन। फ्रान्सेली सेनाको आठौँ सञ्चार रेजिमेन्ट रक्षा मन्त्रालयका डिजिटल नेटवर्क र दूरसञ्चार प्रणाली व्यवस्थापन गर्ने निकायहरूमध्ये एक भएकाले यस्तो खतराबारे पूर्ण रूपमा सचेत छ।

  • खुट्टामा युएसबी

आफ्नो परिचय गोप्य राख्न चाहने एक उच्चपदस्थ सैन्य अधिकारीले हामीलाई बताएअनुसार सञ्चार प्रणाली पूर्ण रूपमा बन्द भएको अवस्थामा यात्रु परेवाको खुट्टामा सानो युएसबी ड्राइभ बाँध्ने विचार अझै पनि विकल्पका रूपमा विचाराधीन छ। केही साना युएसबी ड्राइभको तौल केवल ३ ग्राम हुन्छ।

युद्धमा पखेटाहरूलाई पुनः प्रयोग गर्ने तयारी अरू देशहरूले पनि गरिरहेका छन्। चीनले विगत करिब १५ वर्षदेखि सिचुआन प्रान्तमा १० हजार यात्रु परेवालाई तालिम दिँदै आएको छ। सेनाको सञ्चार प्रणाली अवरुद्ध भएको अवस्थामा यी चराहरूलाई सैन्य सन्देश पठाउन प्रयोग गर्न सकिने उद्देश्य राखिएको छ।

बेलायती दैनिक द टेलिग्राफले २ मार्च २०११ मा प्रकाशित गरेको समाचारअनुसार चिनियाँ वायुसेनाका एक विशेषज्ञले सरकारी टेलिभिजनलाई बताएअनुसार यी चराहरूले देशका सीमावर्ती क्षेत्रमा तैनाथ सैनिकहरूसँग सम्बन्धित अभियानमा समेत काम गरिरहेका थिए।

सन् २०१६ को मेमा आयोजित पत्रकार सम्मेलनमा जोर्डनका एक सैन्य अधिकारीले इस्लामिक स्टेट सङ्गठनले इराकबाट पठाएको एउटा यात्रु परेवा पक्राउ गरिएको जानकारी दिएका थिए। उक्त चराले एउटा सन्देश र सम्भवतः देशभित्र घुसपैठ गरेर बसेका सङ्गठनका एक एजेन्टका लागि पठाइएको फोन नम्बर बोकेको थियो।

आफ्ना सञ्चारहरू निगरानी र अवरोध गरिन्छन् भन्ने कुरा उक्त ‘आतङ्कवादी’ सङ्गठनलाई थाहा थियो। तर मोँ भालेरियाँको सङ्ग्रहालयमा राखिएको एउटा फ्रान्सेली सैन्य पोस्टरले सम्झाएझैँ, ‘विज्ञानको प्रगतिका बाबजुद यात्रु परेवा पूर्ण रूपमा गोप्य सञ्चारका लागि एक मात्र एजेन्ट रहन्छ।’

अमेरिकी इतिहासकार फ्र्याङ्क ब्लाजिच पनि ठ्याक्कै यही धारणा राख्छन्। वासिङ्टनस्थित राष्ट्रिय अमेरिकी इतिहास सङ्ग्रहालयका संरक्षक ब्लाजिच भियतनाम युद्धमा सेवा गरेका एक सैनिकका छोरा हुन् र स्वयं पनि अमेरिकी वायुसेनाका पूर्वसदस्य हुन्। उनी राष्ट्रिय सुरक्षासम्बन्धी विषयमा केन्द्रित डिजिटल साइट ‘वार अन द रक्स’मा पनि योगदान गर्छन्।

सन् २०१९ जनवरी १६ मा उनले त्यहाँ ‘इलेक्ट्रोनिक युद्धको युगमा परेवाहरूलाई फिर्ता ल्याऔँ’ शीर्षकमा लामो लेख प्रकाशित गरेका थिए। उनले ड्रोनको स्थानमा परेवालाई प्रयोग गर्नुपर्ने प्रस्ताव गरेका होइनन्। बरु माइक्रो एसडी कार्डमा सङ्कलित गिगाबाइटका दस्तावेज ओसारपसार गर्न परेवालाई एउटा उपयोगी विकल्पका रूपमा हेरेका छन्। त्यसमाथि उनी थप्छन्, ‘सोधपुछका क्रममा एउटा परेवा बोल्दैन।’

सुरेनमा सिल्भाँले यी बहसबारे सुनेका छन्। ७३७ को पखेटा मुसार्दै उनी भन्छन्, ‘उनकी ‘सानी चल्ली’ले यस्तो जिम्मेवारी सम्हाल्न सक्ने क्षमता राख्छिन्।’#ratopati

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page