Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको पाटनमा रेबिज सप्ताह, घरपालुवा तथा सामुदायिक कुकुरलाई निःशुल्क खोप दिइने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी । बैतडीको पाटनमा “एकतामा शक्ति, रेबिजबाट मुक्ति (Stronger Together)” भन्ने मूल नाराका साथ रेबिज सप्ताह मनाइने भएको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पाटन, बैतडीले जारी गरेको सूचनाअनुसार २०८३ साल असोज ६ गतेदेखि असोज १२ गतेसम्म घरपालुवा तथा सामुदायिक कुकुरहरूलाई निःशुल्क रेबिजविरुद्धको खोप लगाइने भएको हो।

जय भगवति मेलौली सुनचाँदी

रेबिज रोगको जोखिम न्यूनीकरण तथा पशु स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको केन्द्रले जनाएको छ। केन्द्रले सम्बन्धित सबै घरपालुवा पशुधनी तथा समुदायका सरोकारवालालाई आफ्ना कुकुरहरूलाई खोप कार्यक्रममा सहभागी गराउन आग्रह गरेको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार रेबिज नियन्त्रणका लागि समयमै खोप लगाउनु महत्वपूर्ण भएकाले सप्ताह अवधिमा सञ्चालन हुने निःशुल्क खोप सेवाको लाभ लिन सबैलाई अनुरोध गरिएको छ।

यसै अवसरमा रेबिज रोगबाट बच्ने उपाय, पशुमा देखिन सक्ने जोखिम तथा पशु स्वास्थ्यसम्बन्धी आवश्यक जानकारीसमेत समुदायमा प्रवाह गरिने जनाइएको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page