Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा कांग्रेसको वडा अधिवेशन तीव्र, ८१ वडामा अधिवेशन सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बैतडी जिल्लामा पार्टीको आन्तरिक निर्वाचन प्रक्रिया तीव्र रूपमा अघि बढेको छ। असोज ६ गतेसम्म जिल्लाका ८४ वडामध्ये ८१ वडामा वडा कार्यसमितिको अधिवेशन सम्पन्न भएको नेपाली कांग्रेस बैतडीले जनाएको छ। जिल्लाका १० स्थानीय तहमध्ये चारवटा पालिकाको अधिवेशनसमेत सम्पन्न भइसकेको छ।

जय भगवति मेलौली सुनचाँदी

लोकतान्त्रिक विधि तथा पार्टीको आन्तरिक निर्वाचन प्रक्रियामार्फत निर्वाचित पालिका सभापति, वडा सभापति, पदाधिकारी तथा पालिका र वडा कार्यसमितिका सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

अधिवेशन सम्पन्न भएका पालिकामध्ये दशरथचन्द नगरपालिकामा रणबहादुर बोहरा, पाटन नगरपालिकामा रमेश महरा, डिलासैनी गाउँपालिकामा देवराज जोशी र सिगास गाउँपालिकामा दीपक धामी सभापतिमा निर्वाचित भएका छन्।

नेपाली कांग्रेसले बाँकी रहेका वडाहरू तथा पालिकाहरूमा पनि निर्धारित प्रक्रियाअनुसार अधिवेशन सम्पन्न गर्ने तयारी अघि बढाएको छ। अधिवेशनमार्फत स्थानीय तहदेखि पार्टी संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउने लक्ष्य राखिएको कांग्रेसका स्थानीय नेताहरूले बताएका छन्।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page