Vutlaxapu
Laxmibhuwan sun chadi

दार्चुलाका बाढीपहिरो प्रभावित ४० परिवारलाई प्रदेश सरकारको राहत

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी  । सुदूरपश्चिम प्रदेश सरकारले दार्चुलाको व्यास गाउँपालिकाका बाढीपहिरो तथा भुइँस्खलनबाट प्रभावित ४० परिवारलाई राहत सामग्री उपलब्ध गराएको छ।

व्यास गाउँपालिका–४ मडगाउँमा बाढी, पहिरो तथा भुइँस्खलनका कारण विस्थापित भएका परिवारलाई प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले टेन्ट, कम्बललगायतका आवश्यक सामग्री उपलब्ध गराएको हो।

जय भगवति मेलौली सुनचाँदी

प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको आज बसेको बैठकले प्रभावित परिवारलाई तत्काल राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको थियो।

आन्तरिक मामिला तथा कानुनमन्त्री खुशीराम डगौरा थारुको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयअनुसार राहत सामग्री हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्री थारुले गाउँपालिकाका कर्मचारीलाई ४० वटा टेन्ट र ६० वटा कम्बल हस्तान्तरण गरेका हुन्। विपद्का कारण घरमा बस्न नसक्ने अवस्थामा पुगेका परिवारलाई तत्काल आश्रय तथा राहत उपलब्ध गराउने उद्देश्यले सामग्री प्रदान गरिएको मन्त्रालयले जनाएको छ।

सरकारले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक समन्वय र सहयोगलाई निरन्तरता दिने जनाएको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page