


सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
नेप्से २०.४८ अंकले घटेर २५६६.७६ विन्दुमा बन्द भएको हो।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
शुक्रबार ४ अर्ब २९ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ३ अर्ब २७ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३५९ वटा धितोपत्रको ९० लाख ३ हजार ३८८ कित्ता सेयर किनबेच भएको हो।
सोमबार ३२ कम्पनीको सेयर मूल्य बढेको छ भने २४२ वटाको घटेको छ। यस्तै, ४ कम्पनी स्थिर छन्।
१०.३०% स्ट्याण्डर्ड चार्टर्ड बैंक डिबेन्चरको मूल्य सर्वाधिक ५.७५ प्रतिशतले बढेको छ।
उक्त डिबेन्चरको मूल्य एक हजार १३६ रूपैयाँ ९० पैसा पुगेको छ।

यस्तै, १०% नेपाल एसबिआई बैंक डिबेन्चरको मूल्य ४.९८ प्रतिशतले बढेर प्रति डिबेन्चर मूल्य एक हजार १६० रूपैयाँ कायम भएको छ।
यसदिन त्रिशूली जलविद्युतको मूल्य सर्वाधिक ८.८४ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य २७४ रूपैयाँ पुगेको छ।
यसैगरी, सिन्धु विकास बैंकको मूल्य ५.८० प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४२२ रूपैयाँमा सीमित भएको छ।
सोमबार घलेम्दी हाइड्रोको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको २७५ रूपैयाँमा २ अर्ब २८ करोड ६७ लाख रूपैयाँको कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा हाथवे इन्भेस्टमेन्ट रहेको छ। उक्त कम्पनीको ४२२ रूपैयाँ १० पैसामा ८ करोड ४९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक बढेको छ भने बाँकी १२ समूहको घटेको छ।
यसमध्ये वित्त समूहको परिसूचक सर्वाधिक १.१० प्रतिशतले घटेको छ।




