Vutlaxapu
Laxmibhuwan sun chadi

सुदूरका २७ स्थानमा यात्रु सहायता कक्ष स्थापना

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

ट्राफिक प्रहरीले नजिकिदै गरेको बडादशै , तिहार लगायतका चाडपर्वलाई लक्षित गरी सुदूरपश्चिम प्रदेशका २७ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले चाडपर्वका बेला स्वदेश तथा बिदेशबाट घर फर्किने यात्रुको यात्रालाई सहजीकरण गर्दै दुर्घटनारहित सवारी सञ्चालन गर्ने उद्देश्यका सहायता कक्ष सञ्चालनमा ल्याएको बताए ।

जय भगवति मेलौली सुनचाँदी

“सुदूरपश्चिममा अहिले चाडपर्वका बेला ट्राफिक चेकजाँच पनि बढाएका छौं ।” कार्कीले भने, “यात्रुहरुबाट चाडपर्वको मौका छोडेर बढी भाडा असुल्ने सवारी साधनलाई कारबाही गरिनेछ ।”
ट्राफिक प्रहरीका अनुसार कैलालीमा १० स्थानमा र कञ्चनपुरमा आठ स्थानमा र सात पहाडी जिल्लामा पनि यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

आइतबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक सानुराम भट्टराईले कैलालीको अत्तरियास्थित बसपार्कमा यात्रु सहायता कक्ष उद्घाटन गर्नुभयो ।

 “पूर्व–पश्चिम राजमार्गका साथै पहाडी जिल्लाका सडकमा नियमित जाँच भइरहेको छ”, प्रहरी उपरीक्षक कार्कीले भन्नुभयो, “यात्रुहरुलाई कुनै पनि समस्या परेमा नेपाल प्रहरीको हटलाइन टेलिफोन नं १०० र ट्राफिक प्रहरीको हटलाइन नं १०३ वा यात्रु सहायता कक्ष वा नजिकको प्रहरीसँग सम्पर्क अनुरोध गर्दछौँ ।”

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page