



बैतडी ।ब्रहम आधारभूत विधालयमा तालाबन्दी गरिएको छ । शिक्षक नियुक्तिमा पारदर्शीता नभएको भन्दै विधालयको कार्यालय कक्षमा तालबन्दी गरिएको हो ।
हिजो आइतबार मात्रै पाटन नगरपालिकामा आधारभूत तहको नेपाली विषयको शिक्षक नियुक्तिमा निस्पक्ष नगरिएकोभन्दै सोमबार बिहान अनुत्तीर्ण भएका परीक्षार्थी यशोदा भट्टले तालाबन्दी गरेकी हुन् ।
आइतबार भएको परीक्षामा राधिका कुमारी पन्त सफल भएर शिक्षक छनौट भएकी थिइन् ।
परीक्षामा राधिका कुमारी पन्तसहित यशोदा भट्ट, सुरेश प्रशाद पन्त र मानमती अवस्थी पन्त सहभागी भएका थिए ।पाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख ललित कुमार पाण्डेयले शिक्षक नियुक्तिमा कुनै पक्षपात नभएकी दाबी गरेका छन् । “परीक्षामा सहभागीमध्ये एक जना मात्रै दोस्रो चरणमा प्रवेश गरेका हुन्, उहाँ नै सफल हुनुभो, हामिले कुनै पक्षपात गरेका छैनौं,” प्रमुख पाण्डेयले भन्नुभयो ।




