Vutlaxapu
Laxmibhuwan sun chadi

दसैंका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुला हुने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमांडौ दसैंमा घर फर्किने यात्रुको चाप व्यवस्थापन गर्न सरकारले असोज २३ देखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ।

यातायात व्यवस्था विभागले यातायात व्यवसायी, मजदुर संघ–संगठन, ट्राफिक प्रहरीलगायत सरोकारवालासँग छलफल गरी यस्तो निर्णय गरेको हो।

लामो तथा मध्यम दूरीका सवारी साधनलाई यात्रुको चापअनुसार रिजर्भमा सञ्चालन गर्न फूलपातीदेखि पूर्णिमासम्म रूट परमिटसमेत खुला गरिएको छ।

दसैंको समयमा ढुवानीका सवारी साधनले फलफूल, तरकारी, औषधि, खसी–बोका तथा अत्यावश्यक खाद्यान्न र सामग्रीलाई प्राथमिकताका साथ ढुवानी गर्नेछन्। अन्य सामग्रीको ढुवानी आवश्यकताअनुसार पछि सारिने विभागले जनाएको छ।

जय भगवति मेलौली सुनचाँदी

यात्रुलाई टिकट तथा भाडासम्बन्धी समस्या नहोस् भनेर विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।

हाल १५ स्थानमा यस्ता कक्ष सञ्चालनमा छन्।

बसपार्क, कोटेश्वर र बल्खुलगायत मुख्य स्थानमा यातायात व्यवस्था विभाग, व्यवसायी, मजदुर संगठन र ट्राफिक प्रहरी सम्मिलित कमिटीसमेत गठन गरिएको छ।

तोकिएकोभन्दा बढी भाडा लिएको, टिकटमा कालोबजारी गरेको वा अन्य समस्या भए सहायता कक्ष तथा १०० नम्बरमा ट्राफिक प्रहरीलाई जानकारी गराउन सकिने व्यवस्था गरिएको छ।

विभागले तोकिएको भाडादरअनुसार मात्र टिकट बिक्री गर्न र बिचौलियामार्फत हुने कालोबजारी नियन्त्रण गर्न निर्देशन दिएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले छोटो अवधिमा १५–१६ लाख यात्रु व्यवस्थापन गर्नुपर्ने भएकाले सबै पक्षको समन्वय आवश्यक रहेको बताए।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page