Vutlaxapu
Laxmibhuwan sun chadi

सुदूरपश्चिमको बजेट भाषण भोलि

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

धनगढीः लामो समयदेखि बजेटविहीन रहेको सुदूरपश्चिम प्रदेश सरकारले अन्ततः भोलि बजेट सार्वजनिक गर्ने भएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३–८४ को बजेट बुधबार प्रदेशसभामा प्रस्तुत गर्ने भएको हो।
आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले भोलि साँझ ५ बजे बजेट प्रस्तुतिका लागि प्रदेशसभा बैठक बोलाउने निर्णय गरेको सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए। ‘भोलि ५ बजे बजेट प्रस्तुतिका लागि प्रदेशसभा बैठक बोलाउने निर्णय भएको छ,’ सभामुख भण्डारीले भने।

जय भगवति मेलौली सुनचाँदी

सरकारले बजेट प्रस्तुत गर्ने भएपछि सुदूरपश्चिममा करिब ८० दिनदेखि जारी बजेट शून्यता अन्त्य हुने देखिएको छ। यसअघि अघिल्लो सरकारले गत असार १ गते प्रदेशसभामा चालु आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थियो। तर, बजेटमाथिको विवादका कारण पारित हुन नसकेपछि साउन १ गतेदेखि प्रदेश सरकार बजेटविहीन अवस्थामा पुगेको थियो।

बजेटकै विषयमा देखिएको विवादका कारण कांग्रेस नेतृत्वको सरकार ढलेको थियो। त्यसपछि नेपाली कम्युनिस्ट पार्टीको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page