Vutlaxapu
Laxmibhuwan sun chadi

कसरी जोगिने साइबर ठगीबाट?

Betaleswar sun
न्यु मालिकार्जुन सुनचांदी
के बि बम

काठमाडौँ । निजामती सेवाबाट अवकाश पाएका एक जना पूर्व कर्मचारीलाई अपरिचित नम्बरबाट यस्तो फोन आयो, ‘म बैङ्कबाट बोलेको तपाईँको केवाईसी अपडेट गर्नुपर्ने रहेछ ।’ सेवा अवधिभरको कमाई जम्मा गरेर राखेको बैङ्कबाट आएको फोनलाई उनले विश्वास गरे । फोन गर्नेले भने, ‘म अनलाइनबाटै अपडेट गरिदिन्छु, विवरण पठाउनुस् ।’

काठमाडौँमा बस्दै आएका ती पूर्व कर्मचारीले अपरिचित व्यक्तिले मागेको विवरण ह्वाट्स एपमार्फत पठाइदिए । सबै विवरण पठाएपछि उताबाट फोन आयो, ‘तपाईँको केवाइसी अपडेट हुँदै छ, मोबाइलको म्यासेजमा ओटिपी नम्बर आएको होला त्यो पठाइदिनुस् ।’अनि, उनले ओटिपी नम्बर पनि पठाइदिए । ओटिपी एक पटक प्रयोग गर्न मिल्ने पासवर्ड हो । खाताको सुरक्षाको लागी स्वचालित रूपमा बैंकिङ्ग प्रणालीद्वारा सिर्जना गरिने ४ देखी ६ अङ्कको यस्तो अस्थायी कोडले खातावालाको पहिचान प्रमाणित गर्न मद्दत गर्दछ । ओटिपी नम्बर पठाएको केही बेरमा ती उनको खाताबाट रकम ट्रान्सफर भयो । ‘केवाईसी अपडेट गरिदिन्छु’ भन्ने व्यक्ति ५५ लाख रुपैयाँ छिनभरमै आफ्नो खाताबाट ट्रान्सफर गरेर सम्पर्क विहीन भएपछि पूर्व कर्मचारी प्रहरीकहाँ पुगे । गत भदौमा भएको यस घटनाबारे उनको उजुरी उपर प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ । तर, अहिलेसम्म खाताबाट रकम ट्रान्सफर गर्ने व्यक्ति भेटिएका छैनन् ।

ग्राहक पहिचान लागि बैङ्कले केवाईसी फारम भर्ने गर्दछन् । यसलाई अङ्ग्रेजीमा ‘नोओ योर कस्टुमर’ भनिन्छ । केवाईसी ग्राहकको सम्पूर्ण विवरण राख्ने एक किसिमको फारम हो । केवाईसी नियम अनुसार बैङ्कहरूले आफ्ना ग्राहकको सम्पूर्ण विवरण राख्छन् । बैङ्क खाता खोल्दा अनिवार्य भर्ने यो फारम बैङ्कहरूले बेलाबेला अपडेट गराउँछन् । तर, साइबर मार्फत ठगी गर्नेहरूले त्यही विवरणलाई ठगीको माध्यम बनाउने गरेका छन् । ५५ लाख ठगी भएको घटना अहिलेसम्म साइबर ब्युरोमा दर्ता भएको सबैभन्दा धेरै रकमको ठगी हो । साइबर ब्युरोका प्रवक्ता (एसपी) दिलीप कुमार गिरीले त्यसबारे अनुसन्धान भइरहेको बताए । उनले भने, ‘पाँच–छ लाख रुपैयाँ फिर्ता गराएका छौँ, अरू अनुसन्धान भइरहेको छ ।’ठगीमा संलग्नले ती पूर्व कर्मचारीको खाताबाट अरू धेरै खातामा रकम ट्रान्सफर गरेको भेटिएको छ । मुख्य आरोपीको खातासम्म प्रहरी पुग्न सकेको छैन ।

पछिल्लो समय देखिएको साइबर ठगीको मुख्य ट्रेन्ड केवाईसी अपडेट र अनलाइन सपिङ हुन् । महँगो मूल्य पर्ने सामान निकै सस्तोमा आउने विज्ञापन फेसबुक, टिकटक लगायत सामाजिक सञ्जालमा राखेर ठगीका घटना हुने गरेका छन् । सामान खरिद गर्न सम्पर्क गर्दा क्यूआरमा रकम पठाउन लगाउने र रकम पाएपछि ठगी गर्नेहरूले पीडितलाई ब्लक गर्छन् ।फेसबुक, टिकटक लगायतमा सस्तोमा आई फोन पाइने विज्ञापन राखेर ठगी हुने गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले ‘साकिर मोबाइल’ नामको फेसबुक र टिकटक अकाउन्ट चलाएर ६५ हजारमा आईफोन–१५ प्रोम्याक्स पाइने विज्ञापन राखेर ठगेको आरोपमा दुई जनालाई मुद्दा चलाएको थियो । झापाको बिर्तामोड नगरपालिका–४ घर भएर काठमाडौं बस्ने २१ वर्षीय दिलीप तामाङ र बिर्तामोड –३ घर भएर काठमाडौँ बस्ने २३ वर्षीय आशुतोष ओलीविरुद्ध मुद्दा चलाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाले रातोपाटीलाई बताए । आरोपीहरूले सुरुमा सबै रकम भुक्तानी गर्न आग्रह गर्थे अनि ग्राहकले अस्वीकार गरेपछि आधा रकम डिपोजिट गर्न लगाएर ठग्थे ।

सस्तो मूल्य र होम डेलिभरी हुने विज्ञापन देखेर मानिसहरू प्रलोभनमा पर्छन् र ठगीको सिकार हुन्छन् । अनलाइन सपिङ र मार्केटप्लेसको आवरणमा २०८२ साउनदेखि २०८३ भदौ मसान्तसम्ममा ८ सय ८३ जना ठगिएका छन् ।

बैङ्क तथा वालेटबाट बोलेको भन्दै फोन गरेर २०८३ साउन देखी हालसम्म १७३ वटा ठगी भएका घटना साइबर ब्युरोमा दर्ता भएको छ । आर्थिक वर्ष २०८०–०८१ देखी अहिलेसम्म २० हजार ६७४ साइबर ठगीका घटना भएका छन् ।

चालु आर्थिक वर्षमा वालेट ह्याक र ओटिपी फिसिङ लिङ्ग प्रयोग गरेर ठगी भएको १५० वटा उजुरी ब्युरोमा दर्ता भएको ब्युरोका प्रवक्ता गिरीले रातोपाटीलाई बताए । उनले भने, ‘गत आवमा सबैभन्दा धेरै निवेदन वालेट ह्याक र अनलाइन सपिङ सम्बन्धी ठगीका उजुरी ब्युरोमा दर्ता भएको थियो ।’

केवाईसी अपडेट र अनलाइन सपिङसँगै फिसिङ लिङ्क पठाएर ह्याक गर्ने र सिलसिलेवार रूपमा ह्वाट्स एपमा म्यासेज पठाएर अपराधीहरूले ठग्ने गरिरहेका छन् । विदेशबाट सुन र बहुमूल्य गहना पठाएको ह्वाट्स एप म्यासेजमा विश्वास दिलाएर उनीहरुले ‘करयोग्य’ सामान भन्दै नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट फोन गरेको बताउँदै रकम पठाउन लगाउँछन् । त्यो पुरानो प्रवृत्ति भए पनि मानिसहरू अहिले पनि त्यस्तो ठगीको सिकार हुने गरेका छन् । लोभका कारण अहिले पनि मानिसहरू चिट्ठा र पार्सलको नाममा ठगिने गरेको एसपी गिरीले बताए । उनले भने, ‘पुरानै शैली भए पनि लोभका कारण चिट्ठा र पार्सल पठाएको नाममा हुने ठगी रोकिएको छैन ।’

जय भगवति मेलौली सुनचाँदी

प्रहरीका अनुसार नग्न भिडियो बनाएर ठग्ने प्रवृत्ति पनि ठुलो छ । जसअनुसार महिलाहरूले ह्वाट्स एपमार्फत भिडियोमा कुरा गर्ने र पुरुषहरूलाई वस्त्र विहीन हुन आग्रह गरेर त्यही भिडियो सेयरिङ्ग गर्दै ब्ल्याकमेलिङ गर्नेहरू ठगीमा सक्रिय छन् ।

त्यस्तै घरमै बसेर काम गर्न सकिने, क्रिप्टो, बायनान्स एप र अनलाइनमार्फत लगानी गर्ने नाममा ठगी हुँदै आएको छ । मुद्रा साटिदिने र गेमिङ, आवरणमा ठगी हुने गरेको छ । ब्युरोका सूचना अधिकारी (एसपी)  गिरी भन्छन्, ‘अनलाइन टिकेटिङ्ग, अनलाइन ट्युसन र कोठा खोजिदिने शैली अपनाएर पनि आरोपीहरूले ठग्ने गरेका छन् ।

ठग्नेहरूले सामाजिक सञ्जालमा ‘सस्तोमा विमानको टिकट पाइन्छ’ भनेर विज्ञापन गर्छन् । टिकट किन्न भनेर सम्पर्क गरेपछि सुरुमा केही रकम डिजिटल माध्यमबाट पठाउन लगाएर सम्पर्क विहीन हुन्छन् ।

टेलिग्राम एप्स मार्फत हुने ठगी कम भएको छ । तर, गएको आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा अनलाइन ठगी बढ्ने क्रममा रहेको ब्युरोका तथ्याङ्कबाट देखिएको छ ।

ब्युरोमा दर्ता भएका उजुरीलाई आधार मान्दा साइबर ठगहरूले निम्न १९ वटा अपराध प्रवृत्ति अपनाएको देखिन्छ ।

चालु आर्थिक वर्षमा एपिके (एन्ड्रोइड प्याकेज किड्) एपहरूमार्फत १ सय वटा ठगीका घटना भएका छन् । त्यसमा विभिन्न लिङ्क पठाएर ठग्ने गरेको पाइन्छ । ह्याकरले प्ले स्टोर भन्दा बाहिर लिङ्क मार्फत यस्ता फाइल पठाउँछन् । त्यसमा क्लिक गरेर प्रवेश गरेपछि ह्याकरले व्यक्तिको खातासम्म पहुँच बनाउँछन् ।

फिफा विश्वकप २०२६ मा निःशुल्क हेर्न सकिने प्रलोभन देखाएर गिरोहले एपिके फाइल मार्फत ठगी धन्दा चलाएका थिए । सामाजिक सञ्जालमा निःशुल्क फुटबल हेर्न सकिने विज्ञापन पछ्याउँदै जाँदा सर्वसाधारण ठगीको सिकार भएका थिए । त्यस्ता फाइल जाँदा एप डेभलपरले बैङ्क खाता सम्पत्ति शुद्धीकरणको इस्युमा लक भएको रहेछ भन्छन् र बैङ्कको पासवर्ड राखेर रिस्क हटाउन आग्रह गर्छन् । पीडितले पासवर्ड प्रविष्ट गरेपछि खातामा भएको रकम रित्तो बनाउँछन् ।

ओटिपी र स्क्रिन सेयरिङ्ग गर्दा ३४६ वटा ठगीका घटना भएका छन् । आरोपी पत्ता नलाग्दा ओटिपी सेयर गरेर भएका ठगीका ३४२ वटा घटनामा प्रहरीले अनुसन्धान पुरा गर्न सकेको छैन । साउनदेखि अहिलेसम्म त्यस्ता ४ वटा घटनाको मात्र अनुसन्धान पुरा भएको साइबर ब्युरोका प्रवक्ता गिरीले बताए ।

सर्वसाधारणलाई प्रलोभनमा पारेर उनीहरूको नाममा सिमकार्ड लिएर बैङ्क खाता खोल्न लगाएर ती खाता आफूले प्रयोग गरेर ठगेका घटना पनि भेटिएका छन् । असोज दोस्रो साता प्रहरी वृत्त गौशालाले मोरङको सुनवर्षी नगरपालिका–९ घर भएर काठमाडौँको बस्ने ३५ वर्षीय सागर साह र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२ घर भएका २८ वर्षीय आनन्द आचार्यलाई सो कसुरमा पक्राउ गरेको थियो । बैङ्क खाता खोल्न लगाएर एटिएम कार्ड र इन्टरनेट बैकिङको पहुँच आफूले लिएर उनीहरुले बैङ्क खातामार्फत हुण्डी, सट्टे बाजी, अनलाइन गेम र अनलाइनबाट ठगेको रकमको कारोबार गर्ने गरेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाले रातोपाटीलाई बताए । उनले भने, ‘हामीले गरेको अनुसन्धानमा यस्तो प्रकारको प्रवृत्ति देखिएको छ ।’

अनलाइन ठगीमा अर्को नयाँ प्रवृत्ति हो, अपुताली । सम्पत्ति धेरै भएको मानिसको मृत्यु भएको र उसको सम्पत्ति खाने कोही नभएको कथा बनाएर ठगहरूले व्यक्तिहरूलाई प्रलोभनमा पार्छन् । साइबर ब्युरोका एक जना अधिकृत भन्छन्, ‘जात मिल्ने रहेछ त्यसैले बैङ्क खाताको रकम तपाइकोमा ट्रान्सफर गरिदिन्छौँ भनेर कागजात मागेर कर रकम बापत भनेर उनीहरुले रकम असुल्ने गरेको देखिन्छ ।’

यस्तो प्रवृत्ति अनुसार व्यक्तिहरूको थरसँग मिल्ने व्यक्तिको मृत्यु भएको भनेर मृतकको नाममा भएको नगद र गरगहना लाभग्राही नभएको भन्दै लाभग्राही बनाइदिने बहाना बनाएर ठग्ने गर्दछन् । अनुसन्धानमा संलग्न ब्युरोका अधिकृत भन्छन्, ‘यसमा ठग्ने गिरोहले बैङ्कको कर्मचारी बोलेको भनेर फोन गर्ने र शेखपछि सम्पत्ति खाने मानिस नभएको भनेर प्रक्रिया पुरा गर्न भन्दै विभिन्न कागजात माग्छन् र अन्तिममा धेरै रकम भएको हुनाले बैङ्कमा ट्रान्सफर गर्दा कर बापत छुट्टै कर तिर्नुपर्ने बहानामा रकम असुल्छन् ।’त्यस्तै, आइएल्टसमा थोरै नम्बर आएकाहरूलाई नम्बर बढाउने प्रलोभन देखाएर आरोपीहरूले पिटिई, इन्टरभ्यु डाटा बुक र अनलाइन ट्युसन पढाउने नाममा रकम ठग्दै आएका छन् । 

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page