Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीवासीलाई ‘ढुङ्गे युगका मानिस’ भनेपछि आशिका तामाङको चर्को आलोचना

वीर सहिद दशरथ चन्दको जिल्लाको अपमान नगर्न आग्रह

Betaleswar sun
न्यु मालिकार्जुन सुनचांदी
के बि बम

बैतडी । सामाजिक सञ्जालमा स्टन्ट गरेर सस्तो लोकप्रियताले चर्चामा रहेकी आशिका तामाङले बैतडीको देहिमाण्डौँ मेलाको दृश्यलाई लिएर बैतडीवासीप्रति गरेको टिप्पणीले सामाजिक सञ्जालमा बहस सिर्जना गरेको छ। उनको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै स्थानीयवासीले बैतडीको ऐतिहासिक पहिचान र नागरिकको आत्मसम्मानमाथि चोट नपुर्‍याउन आग्रह गरेका छन्।

आशिका तामाङले सामाजिक सञ्जालमा बैतडीको देहिमाण्डौँ मेलाको दृश्य उल्लेख गर्दै त्यहाँको अवस्था र प्रशासनिक व्यवस्थापनप्रति प्रश्न उठाएकी छन्। उनले बैतडीवासी अझै ‘ढुङ्गे युगमा’ रहेको टिप्पणी गर्दै स्थानीय प्रशासनको कार्यशैलीमाथि समेत असन्तुष्टि व्यक्त गरेकी छन्।

जय भगवति मेलौली सुनचाँदी

उनको उक्त अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै सुशील प्रसाद जोशीले बैतडीवासीलाई अपमानजनक ढङ्गले टिप्पणी गर्नु उचित नभएको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै सभ्य भाषामा टिप्पणी गर्न आग्रह गरेका छन्।

जोशीले बैतडीवासीलाई ‘ढुङ्गे युगका मानिस’ भन्ने अभिव्यक्तिमाथि प्रश्न उठाउँदै वीर सहिद दशरथ चन्दको जिल्ला बैतडीको ऐतिहासिक महत्त्व स्मरण गराएका छन्। उनले बैतडीको गौरवपूर्ण इतिहास र पहिचानलाई बुझ्नुपर्ने भन्दै सम्बन्धित व्यक्तिको ध्यानाकर्षण गराएका छन्।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page