Vutlaxapu
Laxmibhuwan sun chadi

घनश्याम भट्ट (तरुण) नेपाली कांग्रेसको प्रदेश महामन्त्रीमा उम्मेदवारी दिने तयारीमा

Betaleswar sun
न्यु मालिकार्जुन सुनचांदी
के बि बम

बैतडी । नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएका बैतडीको दोगडाकेदार गाउँपालिकाका घनश्याम भट्ट नेपाली कांग्रेसको प्रदेश महामन्त्री पदमा उम्मेदवारी दिने तयारीमा जुटेका छन्।

नेपाली कांग्रेसको देउवा समूहबाट आगामी मंसिर १५ गते हुने प्रदेश अधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी दिने तयारीमा भट्ट रहेका हुन्। विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका भट्टले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल हुँदै नेपाली कांग्रेसको संगठनमा विभिन्न जिम्मेवारी सम्हालिसकेका छन्।

जय भगवति मेलौली सुनचाँदी

भट्टले २०४६ साल चैतमा सनातन धर्म माध्यमिक विद्यालयको सचिवको जिम्मेवारीबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। २०४७ सालमा नेपाल विद्यार्थी संघको जिल्ला सदस्य बनेका उनी त्यसपछि जगन्नाथ बहुमुखी क्याम्पसको सचिव तथा सिद्धार्थ बहुमुखी क्याम्पस इकाई नेपाल विद्यार्थी संघको अध्यक्षसमेत बने।

त्यसैगरी, २०५४ सालमा नेपाल तरुण दलको जिल्ला सदस्य बनेका भट्ट २०५७ सालमा तरुण दल बैतडीको जिल्ला अध्यक्ष बने। २०६२ सालमा नेपाली कांग्रेस प्रजातान्त्रिकको जिल्ला सहसचिवको जिम्मेवारी सम्हालेका उनी नेपाल तरुण दलका निवर्तमान केन्द्रीय सदस्यसमेत हुन्।

२०७४ सालको स्थानीय तह निर्वाचनमा भट्ट दोगडाकेदार गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका थिए।

विद्यार्थी राजनीतिदेखि पार्टीका विभिन्न संगठनात्मक जिम्मेवारीमा रहेर काम गरिसकेका भट्ट अहिले प्रदेश महामन्त्री पदमा उम्मेदवारी दिने तयारीमा छन्। लामो राजनीतिक तथा संगठनात्मक अनुभवलाई आधार बनाउँदै उनी प्रदेश नेतृत्वमा पुग्ने तयारीमा रहेको बताइएको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page