


दिल्ली को इन्दिरा गान्धी अन्तरास्ट्रिय एअरपोर्ट पुग्ने बित्तिकै मैले पे फोन बाट कम्पनीलाइ खबर गरे | मेरो साथमा जीवन सर पनि थिए | जीवन सर र म संगै काम गर्थ्यौ | हाम्रो अफिसियल भिजिट भएकोले हामीलाई रिसिब गर्न एउटा कार आईसकेको रहेछ | दिल्लीमा खुल्ला आकाश सायदै देखिन्छ | यहा का मानिस ले सायदै निलो आकाश देख्न पाउछन होला|
ड्राइभरले हामी लाई सिधै होटल लगेर गयो | लगभग एक घण्टा पछि हामी गाजियाबाद मा रहेको होटल र्याडिसन भित्र पुग्यौ | हाम्रो लागि बुक भएको रुम अझै खालि हुन् पन्ध्र मिनट बाकी थियो | जिवन सर चुरोट तान्न बाहिर निस्के | म भने लबी मा बसेर वेट गर्न थाले | मेरो आगाडी एक जना महिला बसेकी थिई | सायद उनि पनि रुम खालि हुने प्रतिक्षामा थिइन् |
‘सो आर यु वेटिंग फर दि चेक आउट?’, उनिले सोधिन|
देख्दा पच्चिस छब्बीस उमेर लाग्ने ति महिला ले को प्रश्नले म अक्कमक्क परे | मैले टाउको हल्लाए |
‘म पनि, तर अझै कति बेर लाउने हो, त्यै भएर हजुर संग बोलेकी|’ उसको यो वाक्य ले म झन् अच्चम परे|
मेरा तानिएका आखा र खुम्चिएको निधार बाट सायद उसले बुझी क्यार , ‘म प्रशंसा, देल्ही मा पोस्ट ग्र्याजुएसन गर्दैछु |’
म अझै उ संग बोलेको थिएँन | ‘म पनि नेपाल बाट नै हो, यता एउटा वर्कसप भएको ले दुई दिन यहि होटेल मा हुन्छु | ओ, तपाई नेपालि नै हो नि ? यत्रो कुरा गरे, अनुहार हेर्दा नेपालि नै जस्तो लागेर नि|’ उ हास्न थालि |
मेरा ओठ केहि तानिए जस्तो गरेर उही सामान्य आवस्था मा गए | मैले उसको समर्थन मा टाउको हल्लाए |
‘एक छिन है ‘ म त्यहा बाट उठेर रिसेप्सनमा गए | रुम खाली भैसकेको रहेछ | म सँग त्यहा आईडी र पासपोर्ट को फोटोकपी माग्यो | म संग न आईडी थियो न पासपोर्ट | मैले नागरिकता निकाले, उसले बुझेंन | उसले अरु केहि आईडी भए पनि हुन्छ भन्यो | पर्स खोतल्दा कलेज को पुरानो आईडी भेटे | त्यहि देखाए | ‘ इट्स एक्स्पाईर्ड’ रिसेप्सनिस्ट ले मान्दै मानिन | ‘लुक आई ह्याब मई स्क्याण्ड आइडी इन गुगल ड्राइभ, इफ यु क्यान प्रोभाईड मि पासवर्ड |’ मैले यो भन्दै गर्दा अघि लबी मा बसेकि प्रसंसा त्यहि अईपुगी | उसले आफ्नो पस्स्पोर्ट र आईडी देखाई र चाबी लगेर गई | ‘दिल्ली सरकार हो सर त्यस्तै कहा मान्छ !’ उ हास्दै लगेज लिएर रुम तिर गई | यत्तिकैमा जीवन सर आउनु भो | उनले आफो आईडी पासपोर्ट दिएर चाबि लिनुभो | त्यो संगै पासवर्ड नि दियो |मैले आफ्नो आईडी होटल को मा ईमेल गरिदिए | अनि हामि रुम तिर लाग्यौ |
होटल भित्र छिरेर सबै भन्दा पहिला गर्ने भनेकै बेड मा उफ्रिने हो | मैले जुत्ता खोले र आफुलाई कुनै अन्त्यहीन आनन्द को समुन्द्र मा फाल हाले जस्तो बिस्तारा मा पल्टे | म त्यहि निदाएछु |
करिब एक घण्टा पछी मेरो निन्द्रा खुल्यो | मैले लुगा फेरे | पैजामा र टि शर्ट लगाएर म लबी तिर लागे |
‘अनि बोल्न पनि जान्नु हुन्न कि क्या हो?’ लबी को पश्चिम पट्टि रहेको होटेल को रेस्टुरेन्ट तिर बाट आवाज आयो |
म मुस्कुराए | केहि बोलिन | उ म बसेकै तिर आई | उसको हातमा क्यान बियर थियो | ‘भेट भएको छ घन्टा बिति सकेको छ अझै पनि नाचिने जस्तो गर्नु हुन्छ त’ गज्जब छ |’ उसले बियरको क्यान दिदै भनि | मैले क्यान त्यहीँ राखे | ‘ला खत्तम भो !’ उ चिच्याई | ‘के भो र ?’ मैले सोधे | ‘तपाई मलाई मन पर्नु भो |’ उसले भनि | मलाई हासो रोक्न गाह्रो भो र म जोर ले हासे | उ पनि हाँसी |
“खाना खाना बाहिर जानुपर्ने भो, गाडी आउदैछ |” जीवन सर ले वाट्सेप गर्नुभो | ‘ल म गए, खाना खान जानुपर्ने भो|’ यत्ति भनेर मा निस्के |उ त्यही बसेकी थिइ |
बाटोमा मैले यो सब कुरा जीवन सर लाई भने | उनले पनि हासो थाम्न सकेनन | ‘भोलि आग्रा जाने कुरा छ है, ताजमहल हेर्न जानुपर्छ |’ जीवन सर ले फर्किने बेला भोलिपल्ट को सेडुल बताउनु भयो |
कोठाको दक्षिण पट्टि को सिसा बाट झिलमिल सहर देखिन्थ्यो | जीवन सर सुतिसक्नु भाथ्यो | कहिल्यै नेखिने आकाश अनि त्याँ भित्र भएका तारा जुन सायद मैले र जीवन सर ले देखेका छौ र सायद अघि भेटिएकी पागल केटि ले पनि , त्यो सहर ले कहिल्यै देखेको थिएन होला | मलाई धेरै बेर निन्द्रा लागेंन |

बिहान फेरी वाट्सेप आयो ‘बि रेडी, पिकिंग यु एट नाईंन’ | घडी हेरे आठ बजेको रैछ | मैले जीवन सर लाई उठाए | ‘एक छिन पर्किनु न, सुत्छु, उसैनी यता को घडी पन्द्र मिनट लेट छ ‘ जीवन सर निन्द्रामै बोल्दै थिए | ‘अरु जे भए नि ब्रेकफास्ट छुट्नु हुन्न है सर |’ यति भनेर म बाथरुम तिर लागे |
बेक्फास्ट को लागि हामि लबी भन्दा तल रहेको हाल तिर गयौ | नाम को मात्र ब्रेक्फास्ट रहेछ | के के खाने भनेर छान्नै गाह्रो हुने |
‘ओ नबोल्ने मान्छे, गुड मार्निंग |’ उही पागल केटि फेरी भेटीई | ‘मजाले खानुस है, कुनै अईतम नछुटोस |’ उसले मेरो प्लेट मा इडली को पिस राख्दै भनि | ‘आज म फ्री छु, बिहानै एक सेसन वर्कसप को सक्किसक्यो | के छ तपाई को प्लान?’
म एकछिन चुप रहे | जीवन सर लाई यो त्यै केटि हो भन्ने ईसारा गरे र भने, ‘आज आग्रा को प्लान छ | ताजमहल हेर्ने’
‘ताजुब लाग्छ चिहान हेर्न मान्छेको भिड देखेर | एनीवेज गुड लक’, उसको कुरा सुनेर जीवन सर मुस्कुराऊदै थिए |
दिन को करिब एक बजे हामि यमुना एक्स्प्रेस्वे हुदै आग्रा पुग्यौ | हाम्रो हात मा डुब्लिकेट आईडी थमाईयो र आफ्नो नाम, बा को नाम र जन्म मिति याद गर्न भनियो | मेरो नाम विकास थियो | हुन् त आई डी कसैले हेरन |
ताजमहल प्रेम को प्रतिक जस्तो कत्ति पनि लागेंन | केवल एक आशु लुकाउने चिहानघाट थियो | उ घाममा पनि चिसी थियो | कोल्ड हर्टेड भन्छः नि , त्यस्तै |
जीवन सर र म फोटो खिच्न थाल्यौ |
‘एक फोटो मेरो नि लिनुस न ‘तपाई संगको, यो ताजमहल जस्तै चिनो हुनेछ!’ प्रसंसा थिई | ‘तपाई एता?’ मेरो प्रश्न सकिन नपाउदै उसले आफै भनि, ‘कसै अरुको प्रेम ओईलाएको ठाउमा मेरो फुल्छ कि भनेर आएकी !’
म हासे | जीवन सर फोटो खिच्न तर्फ लाग्नु भो |
‘मलाई चिनेको एक दिन पनि सक्किएको छैन | कसरि प्रेम गर्न थाल्नु भो?’ मैले प्रश्न गरें |
‘कहिले काही एक निमेष नै काफी हुन्छ | यो दिल्ली तपाइँ को हुन चाहान्छे |’ उसले एक पल पनि परेला नझिम्क्याई भनि |
मलाई के भनु के भनु भयो |
‘दिल्ली हुन मन छ भने नयाँ दिल्ली हुने ठाउँ मात्र बचेको छ | मेरो नयाँ दिल्ली हुन्छ्यौ?’ मैले यत्ति के भनेको थिए , उ लाजले रातो भई | आफु संग आएका साथिहरु संग गई |
त्यस पछी साँझ उसलाई होटलमा देखिन |
राति ‘पुरानो दिल्ली’ बाट खबर आयो,’सन्चै हुनुहुन्छ ?’




