


बैतडी प्रकाश भट्ट,बैतडीको दोगडाकेदार गाँउपालिका वडा नं ७ चडेपानि तल्लि बर्तोली घर भएका हेमराज भट्ट पेसाले स्वास्थ्यकर्मी हुन। उनि दोगडाकेदार गाउँपालिका वडा नं ३ श्रीकोट स्वास्थ्यचौकिमा सिनियर अहेबको रुपमा काम गर्दै आइरहेका छन। स्वास्थ्यकर्मी भट्ट बिगत केहि बर्षदेखि मौरिपालन ब्यबसायपनि गर्दै आएका छन।

आफु स्वास्थ्यकर्मी भएकोले फुर्सदको समयको सदुपयोग गरि बिहान बेलुकि मौरिको हेरचाह गर्ने र बाकि समयमा घरपरिवारका सदस्यले हेरचाह गर्ने बताए। कम लगानिमा पनि यो ब्यबसाय सन्चालन गर्न सकिने भएकोले ब्यबसाय गर्न चाहने ब्यक्तिले मौरिपालन ब्यबसायबाट राम्रै आम्दानी गर्न सकिने बताए। भट्टले एक घारबाट सुरु गरेर २ बर्षमा २० घार मौरी बनाएको बताए।


परम्परागत रुपमा भन्दापनि आधुनिक घारमा मौरिपालन ब्यबसाय गरे मौरिको रेखदेख देखि बृदिबिकाश हुने बताए। साथै उहाले गाउँपालिकाका बिभिन्न ठाँउहरुमा र जिल्ला बाहिर मह बिक्री गरि एक लाख सम्म आम्दानी भएको बताए। उनले भने, हामि नेपालिहरु अर्काको देशमा गएर जस्तोसुकै काम गर्ने तर आफ्नो देशमा केहि छैन भनेर बसिरहनु भन्दा एउटा पेसामा दक्षता हाँसिल गरि त्यो पेसामा निरन्तर लाग्न युवापुस्ताले ध्यान दिनुपर्छ साथै युवापुस्तालाई ब्यबसायतर्फ आकर्षण गर्न राज्यले युवामैत्रि कार्यक्रमको अवधारणा ल्याए थोरै भएपनि परिवर्तन हुने बताए।

स्वास्थ्यकर्मी भट्टले मह मानवस्वास्थ्यका लागि निकै लाभदायी भएको समेत बताए




