Vutlaxapu
Laxmibhuwan sun chadi

डम्बर अवस्थी हत्या आरोपमा, अर्का नवराज अवस्थी पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी:माघ ४ बैतडीको सुर्नया गाउँपालिका–६ का ३० वर्षीय डम्बर अवस्थीको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले सुर्नया गाउँपालिका–६ कै २८ वर्षीय नवराज अवस्थीलाई पक्राउ गरेको छ
यसअघि डम्बरको हत्या आरोपमा हरिश अवस्थी पक्राउ परिसकेका छन् । नवराज र हरिश काका, बाबुका छोरा भएको र हत्या गर्न नवराजले भाई हरिशलाई सघाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
‘हरिशले दिएको बयानको आधारमा नवराज अवस्थीलाई पक्राउ गरिएको गरिएको बैतडीका प्रहरी प्रवक्ता इन्सपेक्टर बोधराज ओझाले जानकारी दिएका छन, ‘घटनामा हरिशलाई नवराजले साथ दिएको बुझिएको छ र त्यसैका आधारमा थप अनुसन्धान अगाडी बढाइएको जानकारी दिएका छन्
नवराजले हत्यामा आफूले सहयोग गरेको स्वीकारेको ओझाले बताए । ‘आज अदालतबाट म्याद थप गरी सोधपुछ गछौँ,’ उनले भने, ‘नवराज र हरिशको घरको दूरी १ घण्टाको छ । हत्याका दिन दुबैजना साथमै रहेको देखिएपछि प्रहरीले नवराजलाई निगरानीमा राखेर अनुसन्धान गर्दै आएको थियो । हरिशले पनि अहिले आएर नवराजले सघाएको बयान दिएका हुन् । उनीहरु काका–बाबुका छोरा हुन् ।’
गत पुस १४ गते हरिशले डम्बरलाई फोन गरेर खर्काधार जंगलमा बोलाएका थिए । प्रहरीका अनुसार त्यहाँ दुबैजनाका बीचमा झगडा भएको थियो । डम्बर भीरबाट लडे । त्यसपछि हरिशले उनलाई ढुंगाले हानेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page