Vutlaxapu
Laxmibhuwan sun chadi

श्रीकोट बहुमुखी क्याम्पसमा तीज विशेष अन्तरमाविस्तरीय सांस्कृतिक प्रतियोगिता हुँदै

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी — बैतडीको दोगडाकेदार गाउँपालिका–३, खोचलेकस्थित श्रीकोट बहुमुखी क्याम्पसको आयोजनामा अन्तर माध्यमिक विद्यालयस्तरीय तीज विशेष प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।

क्याम्पसले तीज पर्वको अवसर पारेर विद्यार्थीहरूमा रहेका कला तथा सांस्कृतिक प्रतिभाको पहिचान, संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको क्याम्पस प्रमुख दान सिंह कार्कीले बताए। कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रतियोगितात्मक रूपमा सांस्कृतिक प्रस्तुति दिने जनाइएको छ।

जय भगवति मेलौली सुनचाँदी

क्याम्पसले जारि गरेको सुचना अनुसार भदौ २७ र २८ गते श्रीकोट बहुमुखी क्याम्पसको प्राङ्गणमा सञ्चालन हुनेछ।

प्रतियोगितामा उत्कृष्ट हुने  सहभागीलाई  विधालयलाइ आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम हुनेलाई रु. २० हजार, द्वितीयलाई रु. १५ हजार, तृतीयलाई रु. १० हजार तथा शान्त्वना पुरस्कार स्वरूप रु. ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ।

 

क्याम्पसले यसअघि पनि अतिरिक्त क्रियाकलाप, समुदायसँग सहकार्य तथा विभिन्न सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको देखिन्छ।

आयोजकले तीज विशेष सांस्कृतिक कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय समुदायको सहभागिताका लागि आग्रह गरेको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page