


बैतडी- बैतडीको डिलाशैनी गाउँपालिकामा स्वास्थ्य सिबिर सम्पन्न भएको छ।अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपा र डिलाशैनि गाउँपालिकाको संयुक्त आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो। डिलाशैनी गाउँपालिका वडा नं ७ स्थित धामिगाँउ स्वास्थ्य चौकिमा शिवीर सम्पन्न भएको हो ।शिविरमा अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपाका अर्थपेडिक सर्जन सबिन पोखरेल सहित ८ जना बिशेषज्ञ डाक्टरहरुको टोलीद्वारा स्वास्थ्य सेवा प्रदान गरिएको डिलाशैनी गाउँपालिका प्रबक्ता यज्ञराज भट्टले जानकारी दिए।


शिविरमा हाडजोर्नी सम्बन्धि रोग, नसा रोग, बाल रोग, जन्मजात अपाङ्गता भएका, सहायक सामग्री तथा कृत्रिम अंगको आवश्यकता भएका बिरामिहरुले लाभ लिएका छन्। सिविरमा करिब १०० जना स्थानिय सर्वसाधारणहरुले निःशुल्क स्वास्थ्य उपचार गराएका थिए ।स्वास्थ्य सिविरमा बच्चा देखी बृद्द सम्मको सहभागीता रहेको थियो।




