Vutlaxapu
Laxmibhuwan sun chadi

सुख्खा फलफूल विकास केन्द्र सत्बाझ प्रदेशकै उत्कृष्ट

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको सतबाँझमा रहेको सुख्खा फलफूल विकास केन्द्र प्रदेशकै उत्कृष्ट कार्यालय घोषित भएको छ । शतप्रतिशत कार्यसम्पादन गरेको र केही अतिरिक्त काम गर्दै आएको विकास केन्द्र उत्कृष्ट कार्यालय घोषित भएको हो ।

 

कृषि विकास निर्देशनालयको आयोजनामा हालै सम्पन्न समीक्षा गोष्ठीमा सुख्खा फलफूल विकास केन्द्रका निवर्तमान कार्यालय प्रमुख डम्बर सिंह भाट र कार्यालयलाई उत्कृष्ट ठहर गर्दै प्रमाणपत्र प्रदान गरिएको थियो । सुख्खा फलफूल विकास केन्द्रमा स्याउ पनि उत्पादन भइरहेको छ । गड्यौलाबाट मल समेत उत्पादन गरिरहेको छ ।

 

जय भगवति मेलौली सुनचाँदी

स्याउ, नास्पाती, ओखर, खुर्पानी, आरु लगायतका बिरुवा उत्पादन गरिएका छन् । ६० हजार बिरुवा उत्पादन गरिएको छ । ती मध्ये ४० हजार बिरुवा बिक्री भएका छन् ।

 

४० लाख राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो तर झण्डै २० हजार बिरुवा बिक्री नभएका कारण २५ लाख राजस्व मात्रै संकलन गरेको केन्द्रका प्राविधिक सहायक अर्जुन खड्काले जानकारी दिए । लक्ष्यअनुसार बिरुवा उत्पादन गरिएको थियो तर लक्ष्यअनुसार राजस्व संकलन नभएको उनले बताए ।

 

सुख्खा फलफूल विकास केन्द्रले हिउँदे फलफूलका बिरुवा उत्पादनका साथै किसानहरूलाई फलफूल खेतीसम्बन्धी प्राविधिक ज्ञान समेत दिँदै आएको छ । सुख्खा फलफूल केन्द्र सतबाँझमा ३ हेक्टर जमिनमा फैलिएको आफ्नै नर्सरी रहेको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page