Vutlaxapu
Laxmibhuwan sun chadi

धनगढीमा लागुऔषधका रोगीहरुलाई राख्न सुधार गृह खुल्दै

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

धनगढी -युवापुस्ता लागुऔषधको दलदलमा फस्न थालेपछि धनगढी उपमहानगरपालिका र सुदूरपश्चिम प्रदेश प्रहरीको पहलमा सुधार गृह सञ्चालनमा ल्याउने सहमति (सम्झौता) नै भएको छ। धनगढी उपमहानगरपालिकासँग सहकार्य गरेर प्रहरीले फूलबारीमा सुधार गृह सञ्चालन गर्ने भएको छ।

उपमहानगरको वडा नम्बर १४ मा सुधार गृह सञ्चालन गर्ने विषयमा सम्झौता नै गरिएको छ।कैलाली र कन्चनपुरमा लागूऔषधका कारण समाज आक्रान्त बन्दै गएको छ। यस्ता गतिविधिलाई न्युनिकरण गर्न र कुलतमा फसेका व्यक्तिहरूलाई रोगी सरह व्यवहार गरेर नयाँ जीवन दिने उद्देश्यले सुधार गृह सञ्चालनमा ल्याउने तयारी अघि बढाइएको उपमहानगरपालिकाले जनाएको छ।

जय भगवति मेलौली सुनचाँदी

सुदूरपश्चिम प्रदेश प्रहरीले सुधार गृह सञ्चालनमा ल्याएपछि प्रदेशभरका दुर्व्यसनीहरूलाई सुधार गृहमा राखेर उपचार गरिने छ। दुर्व्यसनीलाई निको बनाएर समाजमा पुनर्स्थापना गर्ने र कारोबारीलाई कानुनी दायरामा ल्याउन प्रहरीले समुदायसँग सहकार्य गर्ने नीति लिएको छ।

लागुऔषध दुर्व्यसनीहरुको लागि धनगढी उपमहानगरपालिका–१४ फुलवारीमा पर्खाल सहितको सुबिधा सम्पन्न घर जग्गा उपलब्ध गराएर त्यसको व्यवस्थापन प्रहरीको आसरा केन्द्रले सञ्चालन गर्ने गरी धनगढी उपमहानगरपालिका र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबिच सम्झौता गर्ने काम सम्पन्न भएको छ।

आर्थिक वर्ष आर्थिक वर्ष २०७९/८० मा लागुऔषधका ३४८ मुद्दा दर्ता भएका छन्। यो वर्ष प्रहरीले ४७४ पुरुष र ४९ जना महिलासहित ५२३ जनालाई पक्राउ गरेको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page