Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा गाँजा नष्ट गर्ने अभियानमा प्रहरी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडीः बैतडीमा प्रहरीले गाँजा फडानी अभियान सञ्चालन गरेको छ। जिल्लाभरी गाँजा फडानी अभियान सञ्चालन गरि लागु औषधविरुद्धको महाअभियान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

जिल्लाका विभिन्न ठाउँमा आँफै उम्रेको र कुनै ठाउँमा स्थानीयहरुले लगाएको गाँजाका बोटहरु नष्ट गर्ने गरिएको छ। गाँजा लागु औषध भएकाले गाँजा फडानी अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए। कुनै ठाउँमा मानिसले लगाएको गाँजा नष्ट गरिएको छ भने कुनै ठाउँमा आँफै उम्रेको गाँजा नष्ट गरिएको छ। बैतडीमा लागु औषध विरुद्धको महाअभियान अन्तर्गत वडास्तरीय लागू औषध नियन्त्रण सञ्जाल समेत प्रहरीले गठन गरिहेको छ। उक्त अभियानमा स्थानीयले समेत साथ दिएका छन्।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page