


बैतडी -नेकपा एमालेको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनका लागि बैतडीबाट प्रतिनिधि छनौट भएका छन् । प्रदेश कमिटिले बनाएको मापदण्डका आधारमा प्रत्येक पालिकालाई निर्वाचन क्षेत्रको आधार मानेर ६८ जना प्रदेश प्रतिनिधि छनौट गरेको हो ।
एक सय सदस्य बराबर ३३ प्रतिशत महिला सहित एक जना, प्रदेश निर्वाचान क्षेत्रलाई आधार मानेर ७५ सदस्य बराबर एक जनागरी ६८ जन छनौट भएका हुन् ।

पाटन नगरपालिकाबाट ६, पुर्चाैडी नगरपालिकाबाट ६, सिगास गाउँपालिकाबाट ३, सुर्नया गाउँपालिकाबाट ५, डिलासैनी गाउँपालिकाबाट ८, दोगडाकेदार गाउँपालिकाबाट ९, दशरथचन्द नगरपालिकाबाट ७, पञ्चेश्वर गाउँपाकिलाबाट २, शिवनाथ गाउँपालिकाबाट ३, मेलौली नगरपालिकाबाट पनि ३ जना प्रतिनिधि छनौट भएका हुन् । यसैगरी दलिततर्फ प्रदेश निर्वाचन क्षेत्र (क)बाट ६ र (ख)बाट १० जना छनौट भएका नेकपा एमालेका जिल्ला कमिटि उपसचिव लोकेन्द्र भण्डारीले जानकारी दिए ।
पुर्चाैडीमा ४ जना सदस्यका लागि खुलातर्फ निर्वाचन भएको थियो । भने अन्य पालिकामा सर्बसम्मत नै प्रतिनिधि छनौट भएका हुन् ।
यहीँ असोज २१ र २२ गते एमालेको पहिलो सुदूरपश्चिम प्रदेश अधिवेशन हुन गइरहेको छ । २१ गते विधिवत रुपमा एमाले अध्यक्ष केपी सर्मा ओलीले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।




