Vutlaxapu
Laxmibhuwan sun chadi

इजरायलमा मारिएका बझाङ्गका नेपालीको शव नेपाल आइपुग्यो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -इजरायलमा हमासको आक्रमणमा मारिएका एक जना विद्यार्थीको शव आज नेपाल आइपुगेको छ। बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको शव ल्याइएको हो।फ्लाई दुबईको विमानमार्फत आज बिहान ७ बजे उनको शव ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनको शव नेपाल ल्याएसँगै घरतर्फ पठाइएको छ।

जय भगवति मेलौली सुनचाँदी

एम्बुलेन्समा राखेर उनको शव बझाङका लागि पठाइएको हो। इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० मध्ये ५ विद्यार्थीको नेपाल ल्याइएको छ । बाँकी पाँच जनाको शव ल्याउन पहल भइरहेको मन्त्रालयले जनाएको छ।

ती शवहरूको पहिचान गर्न गाह्रो भएको उनीहरूका आफन्तको डिएनए सङ्कलन गरी पठाइएको छ । सोही आधारमा पहिचान गरेर शव चाडै नेपाल ल्याइने मन्त्रालयले जनाएको छ।

अक्टोवर ७ तारिखको बिहान हमास समूहको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीहरूको मृत्यु भएको थियो। आक्रमणमा परेर ४ जना घाइते भएका थिए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page