



बैतडी -बैतडीमा जन्ती बोकेको जिप दुर्घटनामा परेको छ । जिल्लाको दशरथचन्द नगरपालिका–१ श्रीखण्डबाट सुर्नया गाउँपालिका–२ को पत्ताल भुवनेश्वर धामतर्फ बिहेका लागि जन्ती बोकेर आउदै गरेको से १ ज ६८७ नम्बरको जिप दशरथचन्द राजमार्गमा पर्ने सुर्नया गाउँपालिका–२ को स्वागैरामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरिक्षक योगेश खत्रीले जानकारी दिए ।
दुर्घटनामा परी ३ जना घाइते भएका छन् । घाइते हुनेमा दशरथचन्द नगरपालिका–१ का १५ वर्षीया डम्बरी भट्ट, सोही ठाउँकी १५ वर्षीया पुजा भट्ट र १२ वर्षीय शुसिल भट्ट घाइते भएका हुन् । उनिहरुको सत्बाजमा रहेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकको छ ।




