Vutlaxapu
Laxmibhuwan sun chadi

दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन, ५४४ जना सर्टलिस्ट

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

धनगढीः कैलालीको गेटामा रहेको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले विभिन्न स्वास्थ्य सेवाका पदमा १५१ कर्मचारी माग गर्दा एक हजार ६६९ जनाको आवेदन परेको छ। करार सेवामा कर्मचारी पदपूर्तिका लागि माग गरिएकोमा आवेदन परेकामध्ये ५४४ जनाको नाम संक्षिप्त सूचीमा समावेश गरिएको छ।

विश्वविद्यालयको करार सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मी छनोटसम्बन्धी निर्देशिकाअनुसार योग्यता पूरा गरेका उम्मेदवारको वर्णानुक्रमअनुसार संक्षिप्त सूची सार्वजनिक गरिएको विश्वविद्यालयले जनाएको छ। परीक्षा समितिका अनुसार मेडिकल अधिकृतका १० पदका लागि ६० जनाको आवेदन परेकोमा २९ जना संक्षिप्त सूचीमा परेका छन्। बायोमेडिकल इन्जिनियरको एक पदका लागि नौ जनाले आवेदन दिएकामा छ जना छनोट भएका छन्।

त्यस्तै, नर्सिङ अधिकृतका १० पदका लागि ११२ जनाको आवेदन परेकोमा ६९ जना सर्टलिस्ट भएका छन्। रेडियोग्राफी अधिकृतको एक पदका लागि १० जनाको आवेदन परेकोमा पाँच जना र फार्मेसी अधिकृतका दुई पदका लागि ४८ जनाको आवेदन परेकोमा सात जना संक्षिप्त सूचीमा परेका छन्।

जय भगवति मेलौली सुनचाँदी

फिजियोथेरापी अधिकृतका दुई पदका लागि छ जनाले आवेदन दिएकोमा पाँच जना, ल्याब टेक्नोलोजिस्टका तीन पदका लागि ५९ जनाले आवेदन दिएकोमा २५ जना सर्टलिस्ट भएका छन्।

सबैभन्दा धेरै आवेदन स्टाफ नर्सका ९० पदका लागि परेको छ। उक्त पदमा ५४२ जनाले आवेदन दिएका छन् भने १८५ जनाको नाम संक्षिप्त सूचीमा समावेश गरिएको छ।

त्यस्तै, ल्याब टेक्निसियनका १० पदका लागि ३१८ जनाको आवेदन परेकोमा ८० जना सर्टलिस्ट भएका छन्। रेडियोग्राफरका छ पदका लागि ८२ जनाले आवेदन दिएकोमा ३९ जना छनोट भएका छन्।

फिजियोथेरापी सहायकका दुई पदका लागि नौ जनाको आवेदन परेकोमा छ जना, तथा फार्मेसी सहायकका १० पदका लागि ३८४ जनाले आवेदन दिएकामा ७१ जना संक्षिप्त सूचीमा परेका छन्।

अब संक्षिप्त सूचीमा परेका उम्मेदवारको अन्तर्वार्तापछि करार सेवामा कर्मचारी नियुक्त गरिनेछ। अन्तर्वार्ता असोज २० गतेदेखि सुरु हुने जनाइएको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page