Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा एमालेले सङ्कल्प यात्रामा एक हजार स्वयंसेवक परिचालन गर्ने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी- प्रकाश भट्ट,नेकपा (एमाले)ले मङ्सिर १४ गतेदेखि सुरु गर्न लागेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को तयारी तिब्र पारेको छ। तयारि तिब्र पारिएसँगै एमालेले उक्त अभियान सफल पार्न बैतडीमा एक हजार स्वयंसेवक परिचालन गर्ने भएको छ। बैतडीको अनारखोली देखी झुलाघाटसम्म एक हजार स्वयंसेवक परिचालन गरिने नेकपा एमालेका जिल्ला कमिटि उपसचिव लोकेन्द्र भण्डारीले जानकारी दिए ।

जय भगवति मेलौली सुनचाँदी

कार्यक्रमलाइ सभ्य र भब्य बनाउन एक हजार स्वयंसेवक परिचालन गरिएको उपसचिव भण्डारीले बताए। बैतडीको अनारखोली देखी झुलाघाट सम्म परिचालन गरिएका स्वयंसेवक हरुको फरक फरक जिम्मेवारी समेत तोकिएको बताए।

मंसिर १४ गते झुलाघाट बाट एमाले अध्यक्ष ओलीले बिहान ८ बजे संकल्प यात्राको समुदघाटन गर्नुहुने छ । त्यसपछि सहीद दशरथचन्दको साकिलमा माल्यर्पण कार्यक्रम हुने छ । त्यसपछि बिहान ११ बजे गोठलापानीमा विशाल आमसभाको आयोजना हुने नेकपा एमालेले जनाएको छ । नेकपा एमालेका अनुसार राष्ट्रिय एकताको सवल आधार निर्माण गर्ने उद्देश्यले १५ दिने अभियान आयोजना गर्न लागेको हो

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page