Vutlaxapu
Laxmibhuwan sun chadi

डोटीमा युवक मृत्यु प्रकरणमा तीन जना पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

डोटीः डोटीको दिपायल–सिलगढी नगरपालिका–५ का समीर भट्ट मृत्यु प्रकरणमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।मङ्गलवार बिहान दिपायल–सिलगढी नगरपालिका–५ पुन्ना स्थित सडक नालीमा मृत भेटिएका ३० वर्षीय भट्टको हत्या आशङ्कामा प्रहरीले तीन जनालाई नियन्त्रण लिइएको हो।

जय भगवति मेलौली सुनचाँदी

साथै उनको हत्या गरिएको भन्दै आफन्तले शव उठाउन नमानेका छैनन्। घटनाको पाँच दिन भइसक्दा पनि प्रहरीले अझै हत्यारालाई कानुनको दायरामा ल्याउन नसकेको मृतकका भाइ डिल्ली भट्टले गुनासो गरे।उनले दाइको हत्या नै भएकाले प्रहरीले छिटो अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्ने बताए। मृतकका आफन्तले हत्यारा पत्ता लगाई न्याय नपाएसम्म शव नबुझ्ने बताएका छन्। पोस्टमार्टम गरिएको समीरको शव जिल्ला अस्पताल डोटीको शव गृहमा राखिएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले घटनाबारे अनुसन्धान भइरहेको बताए। घटनामा संलग्न रहेको आशंकामा तीन जनालाई नियन्त्रणमा लिइएको उनले बताए। बिहीवार म्याद थप गरी उनीहरुमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page