Vutlaxapu
Laxmibhuwan sun chadi

सुदूरपश्चिममा चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म चार सय ६८ घरेलु हिंसाका उजुरी दर्ता

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी :सुदूरपश्चिममा ठुलो संख्यामा महिलाहरु पीडित बन्न पुगेको पाइएको छ। प्रायः महिलाहरु आफ्नै घरपरिवारका सदस्यबाट पीडित बन्न पुगेको तथ्यांकले देखाएको छ। प्रदेशभित्र घरेलु हिंसाका घटना एकपछि अर्को बढ्दै गएको प्रदेश प्रहरी कार्यालयको तथ्यांकले देखाएको हो।प्रदेश प्रहरीको तथ्याङ्क अनुसार सुदूरपश्चिममा चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म चार सय ६८ घरेलु हिंसाका उजुरी दर्ता भएका छन्। प्रहरीमा दर्ता भएका निवेदनमध्ये ३८८ मुद्दाको मिलापत्र गरिएको छ। २३ वटा निवेदन भने अन्य निकायहरूमा पठाइएको छ। प्रहरीमा दर्ता भएका ५७ वटा निवेदनको भने कार्यान्वयन भएको छैन।

सुदूरपश्चिममा चार आर्थिक वर्षको अवधिमा चार हजार १७ वटा घरेलु हिंसाका उजुरी दर्ता प्रहरीमा भएका छन्। आर्थिक वर्ष २०७७/७८ देखि चालु आर्थिक वर्षको कात्तिकसम्म चार हजार १७ घरेलु हिंसाका उजुरी प्रहरीमा दर्ता भएको पाइएको हो। आर्थिक वर्ष २०७७/७८ मा एक हजार १० घरेलु हिंसाका निवेदन प्रहरीमा दर्ता भएका छन्। तीमध्ये ९७९ घटनाको मिलापत्र गरिएको छ। १४ निवेदन प्रहरीले अन्य निकायहरूमा पठाएको छ। सो अवधिमा पाँचवटा मुद्दा मात्र दर्ता गरिएको छ।

 

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page