Vutlaxapu
Laxmibhuwan sun chadi

हिमचुली वचत तथा ऋण सहकारी संस्थाको १०औं बार्षिक साधारणसभा सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी- प्रकाश भट्ट, बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ७ मा रहेको हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज आफ्नो १०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाले दोगडाकेदार गाउँपालिकाको सभाहलमा साधारणसभा सम्पन्न गरेको हो।

२०६९ सालमा स्थापना भएको संस्था संग आ. व. २०८० को आषाढ मसान्तमा कुल सेयर पुँजी ९ लाख १३ हजार ९०० रुपैयाँ रहेको छ।निक्षेप संकलनतर्फ आ.व. २०७९/०८० को तथ्याङ्क अनुसार गत आ.ब. २०७९/०८० को आषाढ मसान्तमा कुल निक्षेप रकम रू १ करोड १५ लाख ७८ हजार ५३९ रुपैयाँ रहेको संस्थाले बताएको छ।

जय भगवति मेलौली सुनचाँदी

ऋण लगानीतर्फ भने संस्थाले आफ्ना सदस्यहरूमा आ.व.२०७९/०८० को आषाढ मसान्त कुल १ करोड ४३ लाख ८६ हजार १८२ रुपैयाँ लगानी गरेको छ ।

यस संस्थाको नाममा विभिन्न बैंकहरूमा रहेको मौज्दात आ.व २०७९/०८० को आषाढ मसान्तसम्म ६ लाख ४१ हजार ६५० रहेको छ। हिमचुली वचत तथा ऋण सहकारी संस्था अहिले सम्म २२ लाख रुपैयाँ नाफामा रहेको संस्थामा ५७७ जना सेयर सदस्य रहेका छन्। सुरुमा समुदायका २५ जना सदस्यहरूबाट मासिक रु २५ बाट बचत सुरु गरिएको सस्थाका अध्यक्ष शेर सिँह कार्किले बताए।

यस्तै शेर सिँह कार्किको अध्यक्षतामा ९ सदस्सिय सन्चालक समिति समेत गठन गरिएको छ। आजको साधारण सभाबाट हिमचुलि घरजग्गा कोष खडा गरी आगामि ११औ वार्षिक साधारणसभा आफ्नै भवनमा मनाउने निर्णय भएको सस्थाका अध्यक्ष कार्किले बताए

संस्थाको आज सम्पन्न १०औं साधारण सभामा प्रमुख अतिथी गाउँ पालिका उपाध्यक्ष पार्वती ऐरी कार्कि, बिशिष्ट अतिथी गाउँ पालिका प्रबक्ता दिनेश प्रशाद भट्ट रहेका थिए। यस्तै कार्यक्रममा विभिन्न राजनीतिक दलका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page