Vutlaxapu
Laxmibhuwan sun chadi

श्रीकेदार माध्यमिक विद्यालय पिपलकोटको ७३औँ वार्षिकोत्सव सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी-प्रकाश भट्ट,बैतडीको दोगडाकेदार गाउँपालिका –४ पिपलकोट स्थित श्रीकेदार माध्यमिक विद्यालयले ७३औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाएको छ ।

जय भगवति मेलौली सुनचाँदी

सोमबार विद्यालय परिसरमा एक समारोहको आयोजना गरी विविध सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण तथा शुभकामनासहित वार्षिक उत्सव मनाएको विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तर्कराज भट्टको अध्यक्षतामा भएको सो कार्यक्रममा दोगडाकेदार गाउँपालिका उपाध्यक्ष पार्वती ऐरी कार्कि प्रमुख अतिथी रहेकी थिइन। कार्यक्रममा बोल्दै उपाध्यक्ष कार्किले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा गाँउपालीकाले पहल गरिरहेको बताइन।

कार्यक्रममा विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक रामचन्द्र जोशीले विद्यालयमा हाल ३ सय १३ जना विद्यार्थी रहेको तथा कक्षा १२ सम्म कक्षा सञ्चालन भईरहेको जानकारी दिए । यस्तै प्रधानाध्यापक जोशिले कुल १करोड ५८लाख बराबरको आय व्यय प्रस्तुत गरेका थिए।

 

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page