


बैतडी -बैतडीमा पुस ४ गते सम्पन्न २०औ बिडिसिए क्रीकेट प्रतियोगितामा बिजयी टिम निङ्गलाशैनी क्रीकेट क्लब दनपा २ देहिमाण्डौलाइ दसरथचन्द नगरपालिकाले नगद पुरुस्कार सहित सम्मान गरेको छ।

दशरथचन्द नगरपालिकाबाट जनहि १६ हजार नगद सहित सम्मान गरेको हो। दसरथचन्द नगरपालिका नगरप्रमुख पुस्करराज जोशि लख्खा भाइले देहिमाण्डौमा जारी राष्रट्रपति रनिङ शिल्डको उदघाटन समारोहमा विहिबार खेलाडी हरुलाइ सम्मान सहित पुरुस्कार प्रदान गरेका हुन।
२० औं संस्करणको बिडिसिए क्रीकेट सञ्चालनका लागि दसरथचन्द नगरपालिकाले जिल्ला क्रीकेट संघलाई जनहि १ लाख दिने घोषणा गरेको खेल प्रशिक्षक भिम सिंह भण्डारीले बताए।




